आन्दोलन गर्न देशभरबाट काठमाडौं पुगे लघुवित्त पीडित

आन्दोलन गर्न देशभरबाट काठमाडौं पुगे लघुवित्त पीडित

काठमाडौँ : न्याय मार्च नाम दिएर न्याय नपाएको भन्दै देशभरका लघुवित्त पीडितहरू काठमाडौँ पुगेका छन्।उनीहरूले आज काठमाडौंमा प्रदर्शन गरेका छन्।

रोल्पाबाट आइपुगेका पीडित गगन विश्वकर्माले लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले आन्दोलन गर्नुपरेको बताए। उनले लघुवित्तीय संस्थाहरूले ऋणीसँग चर्को ब्याज असुलेको बताए।

उनले भने, ‘लघुवित्तीय संस्थाहरूले बढी ज्यादती गरेको हुनाले कसैलाई घरवारविहीन बनाए, कसैलाई जग्गा लुटेर बैंकमा लुटपाट गराइदिने, बढी चर्को ब्याज असुलेका छन्। पीडितलाई बढी दबाब दिएकाले आन्दोलन गरेका हौँ।’

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिले भोलिदेखि काठमाडौँ लक्षित आन्दोलन गर्ने भएपछि देशभरका पीडितहरू काठमाडौं आएका हुन्। -उकेराबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार