धनगढी उप-महानगरको यो शैलीको विपक्षमा कैलाली उद्योग वाणिज्य संघ

धनगढी उप-महानगरको यो शैलीको विपक्षमा कैलाली उद्योग वाणिज्य संघ

धनगढी : धनगढी उप-महानगरपालिकाको टोलीले उद्योग सञ्चालक नहुँदा कामदारबाट छापामार शैलीमा जरिवाना संकलन गरेको प्रती कैलाली उद्योग वाणिज्य महासंघले असन्तुष्टि जनाएको छ । मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सञ्चालनमा रहेको एस एण्ड एस प्लाष्टिक उद्योगका कामदारहरु बाट नियम विपरीत जरीवाना लिएको भन्दै महासंघले आपत्ति जनाएको हो ।

नेपाल सरकारको उद्योग नीति तथा वाणिज्य तथा उपभोक्ता हित कार्यालयको नियमअनुसार दर्ता भएका उद्योग व्यवसायिक प्रतिष्ठानले तिर्नुपर्ने कर तिरी मापदण्ड पुरा गरेको अवस्थामा उपमहानगरपालिकाले सञ्चालक नभएको समयमा कामदारबाट जरिवाना गराएको जनाइएको छ ।

कैलाली उद्योग वाणिज्य महासंघ उपमहानगरपालिकाको यो शैलीले व्यवसायीलाई लगानी गर्नबाट त्रास सृजना गरेको ठहर गरेको छ । आर्थिक विषम परिस्थितिमा व्यवसाय तथा उद्योगहरुलाई निरुत्साहित गर्ने कामको कडा रुपमा विरोध जनाउँदै सम्बन्धित निकायले कार्यशैली नसच्याएमा कडा कदम उठाउन बाध्य हुने महासंघका महासचिव ओमबहादुर विष्टले चेतावनी दिए ।

आज बुधबार संघले एक प्रेस विज्ञप्ती जारी गर्दै ‘विषम परिस्थितिमा उद्योगी, व्यवसायीको मनोवल घटाउने, निरुत्साहित गर्ने गरि छापामार शैलीको अनुगमन गरिएको प्रति ध्यानाकर्षण भएको छ।’

संघका महासचिव विष्टद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘उपमहानगरपालिकालाई सफा, स्वस्थ, हराभरा बनाउने काममा संघ स्वयम लागी रहेको छ । सरसफाई अभियानमा सहकार्य गरेर अगाडी बढिरहेको सन्र्दभमा नेपाल सरकारको उद्योग नीति तथा वाणिज्य तथा उपभोक्ता हित कार्यालयको नियमअनुसार दर्ता भएका उद्योग व्यवसायिक प्रतिष्ठानले तिर्नुपर्ने कर तिरी मापदण्ड पुरा गरेको अवस्थामा व्यवसायीको मनोबल घटाउने गरि गरिएको छापामार शैलीको घोर भर्त्सना गर्दछौ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार