कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको टीकापुरमा इन्टरनेटको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको हो।

टीकापुर नगरपालिका–१ जमरा पारीमा इन्टरनेट सेवा प्रदायक कम्पनीको लापर्बाहीले करेन्ट लागेर एक होटेलमा काम गर्दै आएका बर्दियाका ३३ वर्षीय शैलेश भुलको मृत्यु भएको छ।

उनलाई बुधवार बिहान करेन्ट लागेको र तुरुन्तै टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले बताए। 

इन्टरनेट सेवा प्रदायक कम्पनीले तारको व्यवस्थापन नगरेको र छरपस्ट रहेका तारका कारण करेन्ट लागेको स्थानीयले बताएका छन्। इलाका प्रहरी कार्यालय टीकापुरले मृतकको शव पोस्टमार्टमका लागि अस्पतालमै रहेको छ। घटनासम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार