मिस टुरिजम नेपाल सम्पन्न, मिस बिजनेस ग्लोबलको उपाधि सोनु बर्देवालाई 

मिस टुरिजम नेपाल सम्पन्न, मिस बिजनेस ग्लोबलको उपाधि सोनु बर्देवालाई 

काठमाडौँ : मिस टुरिजम इन्टरनेशनल, मिस टुरिजम हेरिटेज, मिस ब्युटी अफ द वर्ल्ड, र मिस बिजनेस ग्लोबल जस्ता सम्मानित अन्तर्राष्ट्रिय आबद्धताहरू सहितको मिस टुरिजम नेपाल प्रतियोगिता राजधानीमा एक कार्यक्रमका बिच सफलताका साथ सम्पन्न भएको छ। 

प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने एक सय  सहभागीहरूमध्ये, छनोट गरिएका दश जनाले ग्रान्ड फिनालेमा स्थान बनाएका थिए, जसमध्ये चार जनाले विश्वव्यापी मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने प्रतिष्ठित अवसर पाएका थिए।

सो कार्यक्रममा मिस टुरिजम इन्टरनेशनलको ताज  रविना बराइलीले जितेकी थिइन् भने मिस टुरिजम हेरिटेजको उपाधि नरिना थापा मगरलाई प्रदान गरिएको थियो । मिस ब्युटी अफ द वर्ल्डको उपाधि निकिता गौतमले जितिन् । 

निकै नै प्रतिष्ठित उपाधि मानिएको मिस  बिजनेस ग्लोबल सोनु बर्देवाले जितेकी छिन् । सोनु बर्देवा लामो समय देखि  सुन्दरी प्रतियोगितामा अग्रसर छिन् । हाल काठमाडौँको गोङ्गबु बस्दै आएकी बर्देवा मनोविज्ञान परामर्श मा स्नातकोत्तर गर्दै छिन् ।

 कविता लेख्ने नृत्य र अभिनय गर्न मन पराउने उनी समाजमा सकारात्मक ऊर्जा फैलाएर एक प्रेरक पात्र बन्न रुचाउँछिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार