कैलालीमा दुई लाख बढीलाई दादुरा-रुवेलाको खोप दिइँदै, दादुरा रूबेला खोप अभियान बारे (पूर्ण पाठ)

कैलाली : सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाउन तयाई भईरहदा कैलाली जिल्लामा २ लाख ५८ हजार बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका करिब २ लाख ५८ हजार १६५ बालबालिकाहरुलाई खोप लगाउन लागिएको हो ।

स्वास्थ्य कार्यालय कैलालीका अनुसार ९६४ खोप केन्द्र र दुई सय ९२ स्वास्थ्यकर्मीहरु परिचालन गरेर खोप दिन लागिएको छ । खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन स्वास्थ्य कार्यालयको अनुरोध छ ।

यही फागुन १३ गतेदेखि चैत १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा २९२ स्वास्थ्यकर्मीहरु परिचालन गरिने स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।

खोप अभियानकै क्रममा नियमित खोप छुटेका बालबालिकालाई पनि छुट खोप दिइने छ । नियमित खोप छुट भएका बालबालिकाहरुको खोप कार्ड लिई आउन स्वास्थ्य कार्यालयको आग्रह छ ।

सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ यसपटक सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो ।

दादुरा रूबेला खोप अभियान बारे पूर्ण पाठ यस्तो छ ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार