संसद् भवनमा लघुवित्त पीडितको इन्ट्री, ३२ जना सुरक्षाकर्मी जिम्मेवारीबाट आउट

संसद् भवनमा लघुवित्त पीडितको इन्ट्री, ३२ जना सुरक्षाकर्मी जिम्मेवारीबाट आउट

काठमाडौँ : संघीय संसद् भवन परिसरमा लघुवित्त पीडितहरू प्रवेश गरेको घटनामा प्रहरी प्रधान कार्यालय सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको छ ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले केहिवेरअघि संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनाको जिम्मेवारी खोसिएको हो ।

उनीहरूलाई संसद् भवनको सुरक्षा जिम्मेवारीबाट हटाएर कपनस्थित कार्यदलको कार्यालयमा फिर्ता बोलाइएको छ । उनीहरुको ठाउँमा नयाँ टोलीलाई खटाइसकिएको पनि बताइएको छ ।

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाइसकेको छ ।

समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर सोधपुछ गरिरहेका छन् । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि बानेश्वरस्थित संसद भवन आसपास निषेधित क्षेत्र तोकेको छ।

त्यसैबीच उनीहरू सुरक्षाकर्मीलाई छलेर संसद भवन परिसरमा पुगेका थिए। त्यहाँ पुगेर उनीहरूले नाराबाजी पनि गरेका थिए । सो घटनाले सिंहदरबारमा हलचल ल्याएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार