सुदूरपश्चिममा अण्डा उत्पादनमा कैलाली सबैभन्दा अग्रस्थानमा

सुदूरपश्चिममा अण्डा उत्पादनमा कैलाली सबैभन्दा अग्रस्थानमा

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र अण्डाको उपभोग बढेको छ। गत वर्ष मात्र ७ करोड ३८ लाख ९९ हजार गोटा अण्डा उत्पादन भएको तथ्यांकले देखाएको छ।

भेटेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रहरु, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार अण्डा उत्पादन र खपतमा कैलाली जिल्ला अग्रस्थानमा देखिएको छ। कैलालीमा ३ करोड ९४ लाख ९० हजार गोटा अण्डा उत्पादन भएर खपत भएको छ।

कैलालीपछि कञ्चनपुरमा अण्डाको उत्पादन र खपत बढेको छ। जिल्लामा २ करोड ३९ गोटा अण्डा उत्पादन भएको पाइएको हो। सबैभन्दा कम बाजुरामा चार लाख ८० गोटा मात्र अण्डा खपत भएको भएको छ। बैतडीमा ३६ लाख ८, बझाङमा १५ लाख ५० र डडेल्धुरामा पाँच लाख ३७ गोटा अण्डा खपत भएको छ।

त्यस्तै डोटीमा ४२ लाख १२ र अछाममा ३४ लाख ४१ गोटा गरी गत वर्ष कुल ७ करोड ३८ लाख ९९ हजार गोटा अण्डा खपत भएको छ। अण्डा उत्पादनमा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी ५३ दशमलव ४४ प्रतिशत र बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम शून्य दशमलव ६५ प्रतिशत देखिएको छ।

कैलालीमा ह्याचरी उद्योगबाट अण्डा उत्पादन हुन थालेपछि कैलाली र कञ्चनपुर अण्डामा आत्मनिर्भर बनेकाले भारतबाट अण्डा आयात पूर्णरुपमा बन्द भएको सरकारी दाबी छ। एक जिल्लामा उत्पादन हुने अण्डा अर्को जिल्लामा निर्यात हुँदै आएपछि आपुर्ति व्यवस्था समेत सहज बन्दै गएको छ। प्रतिव्यक्ति वार्षिक ४८ गोटा अण्डा आवश्यक रहेकोमा ३० गोटा मात्र उपलब्ध छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार