सुदूरपश्चिम स्वास्थ्य आपूर्ति केन्द्र प्रमुख डा अर्याललाई जिम्मेवारीबाट हटाइयो

विगत १८ वर्षदेखि सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएका वरिष्ठ कन्सल्टेन्ट डा. नीरज अर्याल राष्ट्रिय सेवा सम्मानबाट सम्मानित भएका छन् ।

काठमाडौं : सुदूरपश्चिम  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा निरज अर्याल जिम्मेवारीबाट मुक्त भएका छन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए।

उनका अनुसार मुख्यमन्त्रीस्तरीय बैठकले अर्याललाई दोहोरो जिम्मेवारीबाट हटाएर दरबन्दी भएकै स्थानमा पठाउन सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।

प्रदेशका चार अस्पतालमा एकीकृत अस्पतालजन्य फोहोर व्यवस्थापन प्रणालीका लागि उपकरण खरिद प्रक्रियामा अनियमितता गर्ने उद्देश्यले मिलेमतो गरेको भन्दै प्रदेशसभाको सामाजिक विकास समितिले अर्यालमाथि छानबिन गरिरहेको थियो।

सेती प्रादेशिक अस्पतालमा वरिष्ठ रेडियोलोजिष्ट पदमा कार्यरत अर्याल प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त निर्देशकको जिम्मेवारीमा थिए।  ३० फागुन २०७९ मा सामाजिक विकास मन्त्रालयले उनलाई प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिएको थियो। –स्वास्थ्य खबरबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार