अस्मिता र महेन्द्रको स्वरमा ‘मनमा तिमी छौै’ (भिडियाे)

काठमाडौं : उदयमान गायक महेन्द्रराज बरालको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उनलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन्।

सुरेश राना मगरको शब्द, बादल थापा मगरको संगीत रहेको गीतको भिडियोमा सिद्धार्थ पौडेल, किरण चन्द लगायतका कलाकारको अभिनय रहेको छ।

यस गीतको भिडियोको छायांकन दीपक गिरीले गरेका हुन भने सम्पादन अमृत चापागाईको छ।

माया प्रेमबीचको कथामा आधारित गीतको भिडियोलाई रोचक ढंग बाट प्रस्तुत गरिएको छ ।

यस गीतको निर्देशन राज केसी र सुरेन्द्र मल्लले गरेका हुन।

यस अगाडि गायक बरालका रुमालै चिनो धोई धोई , नभई सहारा, बोलिदेऊ सान्नानी , जोगी, सानु माया जस्ता गीतहरु चर्चित छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार