महाशिवरात्रिका दिन धनगढी स्थित बेहडाबाबा मन्दिरमा जे देखियो (फोटो समाचार)

बेहडाबाबा मन्दिर
प्रकाशित : :

धनगढीः धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा (शुक्रबार) महाशिवरात्रिका अवसरमा हेलिकप्टरबाट पुष्प वर्षा गरिएको छ।

बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा हेलिकप्टरबाट पूष्प वर्षा गरिएको हो।

बेहडाबाबा मन्दिर

आयोजक बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले आज महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिएको बताए। 

Beheda Baba बेहडाबाबा मन्दिर

अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउने काम भएको छ। बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइएको छ।

Beheda Baba बेहडाबाबा मन्दिर

त्यस्तै अपराह्न ४ बजे सवा दई करोड दीप प्रज्वलन गरिने जोशीले बताए।

Beheda Baba बेहडाबाबा मन्दिर

पुष्प वर्षाका लागि नरेन्द्र शाहको संयोजकत्वको टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरेको थियो।

Beheda Baba बेहडाबाबा मन्दिर

पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टलटल फूलका लागि दुई लाखसहित जम्मा १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।

Beheda Baba बेहडाबाबा मन्दिर

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासहित उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ।

Beheda Baba बेहडाबाबा मन्दिर

बेहडाबाबा धाममा आवतजावतका लागि बसको व्यवस्था साथै कडा सुरक्षाकोेसमेत व्यवस्था गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्वयंसेवक परिचालन गरिएको छ।

Beheda Baba बेहडाबाबा मन्दिर

बेहडाबाबा मन्दिरमा दर्शन तथा पुजाका लागि बिहान चारबजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिएको मुल पुजारी ओमप्रकाश जोशीले बताए।

Beheda Baba बेहडाबाबा मन्दिर

बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट समेत भक्तजन आएपछि मन्दिर क्षेत्रमा घुँइचो लागेको छ।

Beheda Baba बेहडाबाबा मन्दिर
Beheda Baba बेहडाबाबा मन्दिर
Beheda Baba बेहडाबाबा मन्दिर
Beheda Baba बेहडाबाबा मन्दिर

तस्बिरः समीर भट्ट/सोधपत्र

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

75%

खुसी

0%

दुःखी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार