धनगढी विमानस्थलमा अवतरण गर्दा चक्का फुस्किएपछि उड्नु पर्ने जहाज ग्राउन्डेड

धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ।

धनगढीः धनगढी विमानस्थलमा जहाज ल्याण्ड (अवतरण) गर्ने समयमा चक्का फुस्किएको छ। हिजो (सोमबार) काठमाण्डौँबाट धनगढीका लागि उडेको एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको जहाज ल्याण्ड गर्ने समयमा एउटा चक्का फुस्कीएको हो।

जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ। जहाज अवतर हुने समयमा एउटा चक्का फुस्किएको हो। जहाज अहिले धनगढी विमानस्थलमै ग्राउन्डेड गरिएको छ।

जहाजमा प्राविधिक समस्या आएपछि यस्तो भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए। उनका अनुसार हिजो यस्तो समस्या देखा परेपछि अहिले जहाज ग्राउन्डेड छ, प्राविधिकले जाँच गरेपछि मात्र उड्न अनुमति दिइनेछ।

‘यो धेरै ठूलो समस्या होइन, प्राविधिक समस्या हो, प्राविधिक जाँचपछि मात्र वास्ताविकता थाहा हुन्छ।’ साथै जहाजमा देखिएको समस्याको विषयमा आवश्यक अनुसन्धान समेत गरिने भएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार