माछापुच्छ्रे बैङ्कद्वारा शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण

माछापुच्छ्रे बैङ्कद्वारा शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण

धनगढी: माछापुच्छ्रे बैङ्क लि. ले कैलालीको श्री शैलेश्वरी माध्यमिक विद्यालय परिसरमा शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । जिल्लाको गोदावरी न.पा.वडा नं.०६, बडेहाँमा रहेको उक्त विद्यालयमा बिहीबार एक औपचारिक कार्यक्रमका बिच बैङ्कले निर्माण गरेका ८ वटा शौचालयहरू विद्यालय व्यवस्थापन समिति एवं विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको हो ।

शौचालय हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि गोदावरी न.पा.वडा नं.०६ का कार्यबाहक वडा अध्यक्ष जहरु साउदले माछापुच्छ्रे बैङ्क लि. ले कैलाली जिल्लाको सरकारी स्कुललाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि माछापुच्छ्रे बैङ्कले जस्तै अन्य सङ्घ संस्थाहरूले पनि स्थानीय निकायहरू सँग मिलेर अन्य यस्तै कामहरू गर्दै गएको खण्डमा देशका हरेक सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैङ्क लि. का महाप्रबन्धक प्रसिद्ध राज अर्यालले बैङ्कले आफ्ना विद्यालय सञ्चालनका लागि अति आवश्यक पर्ने शौचालयको असुविधाका कारण पठनपाठनमा समेत समस्या भइरहेको जानकारी पाए पश्चात् बैङ्कले उक्त शैलेश्वरी माध्यमिक विद्यालयको अवस्था अवलोकन गरी उक्त पूर्वाधारहरू निर्माण गरेको जानकारी गराउँदै भविष्यमा पनि अन्य यस्ता थुप्रै सामाजिक कार्यमा सहयोग गर्न बैङ्क सधैँ अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

माछापुच्छ्रे बैङ्कद्वारा शैलेश्वरी माध्यमिक विद्यालयमा ८ वटा शौचालय निर्माण

त्यस्तै सोही कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाठकले माछापुच्छ्रे बैङ्क लि. ले आफ्नो विद्यालय प्रति गरेको सामाजिक कार्यको सराहना गर्दै यस्ता सहयोगले विद्यालय सञ्चालनका लागि उत्प्रेरणा मिल्ने बताउनुभयो ।

१८०० भन्दा बढी विद्यार्थी र ३५ जना शिक्षक÷कर्मचारी कार्यरत श्री शैलेश्वरी माध्यमिक विद्यालयमा भएको अस्थायी शौचालयको अवस्था निक्कै नै खराब रहेको हुँदा विद्यार्थी एवं शिक्षकहरूले भोगिरहेको समस्यालाई मध्यनजर गरी बैङ्कले विद्यालय परिसरमा ८ वटा शौचालय तथा सेफ्टी ट्याङ्कीको निर्माण गरेको हो ।

बैङ्कले निर्माण गरेका ८ वटा शौचालयहरू मध्ये २ वटा विद्यालयका कर्मचारी, ३ वटा महिला तथा ३ वटा पुरुष विद्यार्थीले प्रयोग गर्नेछन् ।

बैङ्कले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा विभिन्न सङ्घ संस्थाहरू सँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार