होली खेल्दा गर्नै नहुने यी गल्ती, रङ-अबिरको दुष्प्रभावबाट कसरी जोगिने ?

होली खेल्दा गर्नै नहुने यी गल्ती, रङ-अबिरको दुष्प्रभावबाट कसरी जोगिने ?

डा अरुणकुमार सिंह भन्नु हुन्छ,:- होली खुसीको पर्व हो। होलीको दिन एक अर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर एक अर्कालाई रंगीन बनाउने गरिन्छ। पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन पनि छ।

साना नानीहरूदेखि वृद्धवृद्धासम्म सबै होलीको मजा लिने गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्ने गर्छन्। होली  पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी पुरानो बिबाद झगडा  बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ।वयस्ककालागी होली रङहरु अनि भातृत्व र साहसको पर्व हो।

बालबालिकाले पिच्कारी अनि सानासाना बेलुनहरुमा  रङहरु भरेर एक अर्का माथि हाल्ने गर्छन्। पिच्कारी बजारमा किन्न पनि पाइन्छ। तराईतिर बाँस काटेर त्यसका ढोडबाट बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलबाट बनाइएका पिच्कारीहरु पनि प्रयोग गरिन्छ।

रङको पर्वमा विभिन्न स्वास्थ्य समस्या झेल्नुपर्ने भएकोले सावधानीपूर्वक खेल्नुपर्छ। होलीमा उपयोग गरिने रङ, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ। त्यसैले रङ वा अबिर मुख, आँखा वा कानमा नपसोस् भनेर सचेत हुन जरुरी छ।

जथाभावी रङ खेल्दा आँखामा रङ गई आँखाको दृष्टि गुम्न सक्छ। कानको जाली फुट्न सक्छ। एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छ।

होली पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा हुन सक्छ। फोहोर पानीले लोला हानियो भने त अन्य थुप्रै समस्या निम्तिन सक्छ। धेरैजसो व्यक्तिमा छाला पोल्ने हुन्छ।

अबिरमा एसबेस्टस र अभ्रख समेत मिसाइन्छ, यो हानिकारक हुन्छ। अबिर खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुन सक्छ। छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुन सक्छ।

डन्डीफोर भएकाहरूलाई रासायनिक रङले झन् समस्यामा पार्न सक्छ। छालाको रङ परिवर्तन हुने गर्छ। छाला सुक्खा हुने समस्या देखिने हुन्छ। रङहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाई क्षति पुर्‍याउन सक्छ।

रंङहरुमा वाइल कलर, केमिकल डाई वा अन्य विषाक्त पदार्थ हुने भएकाले रङ खेल्दा सावधानी अपनाउनुपर्छ।

रङहरुमा रसायनहरू मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ। रङमा ‘हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ। आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ। चम्किलो रङ क्यान्सरको कारक हुन सक्छ।

कसरी बचाउने ?
-होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रङ/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ।
-टोपी लगाउनुपर्छ।
-शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ र रङ छाला भित्र जान पाउँदैन।
-कपालमा तेल दल्नुपर्छ।
-नङ काटेर पालिस लगाउँदा नोक्सानीबाट बच्न सकिन्छ।
आँखामा रङ जान्नबाट बचाउन चश्माको प्रयोग गर्न सकिन्छ।
-आँखामा रङ वा कुनै रसायन परे तुरुन्त सफा गर्नुपर्छ।
-पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ।
-आँखा धुनुपर्छ, जोडले पानी छयाप्ने न गर्नु पर्ने गर्नुपर्छ।
-तर यदि तपाईको होली को रग ले कुनै न राम्रो असर परे भने चिकित्सकसँग सल्लाह लिनु जरुरी छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार