एमडीएमएसमा प्राधिकरणका २ अध्यक्ष र वरिष्ठ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

आजदेखि एमडीएमएस कार्यान्वयनमा, दर्ता कसरी गर्ने ? (भिडियो)

काठमाडौं । भन्सार छलेर नेपालमा ल्याइने मोवाइल सेटहरुलाई निष्क्रिय बनाउने उपकरण खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जना विरुद्ध भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थापनाका नाममा भ्रष्टाचार गरेको भन्दै प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, पुरुषोत्तम खनाल, तत्कालीन वरिष्ठ निर्देशक आनन्दराज खनालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्यस्तै तत्कालीन निर्देशक मीनप्रसाद अर्याल, सहायक निर्देशक विनोदचन्द्र श्रेष्ठ, निर्देशक दिपेश आचार्य, उपनिर्देशक सुरेन्द्रलाल हाडा, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशकहरु सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, अच्यूतानन्द मिश्र, सहायक निर्देशक विजयकुमार राय यादव, सहायक निर्देशक प्रतीक्षा पौडेल र निराजन कोइरालाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बिगो र जरिवाना अमेरिकी डलरको हालको विनिमय दरका आधारमा राखिएकाले फैसला हुने मितिसम्म विनिमयदर फेरबदल भएमा त्यसबेला फेरि थपघट हुन सक्नेछ ।

उनीहरुसँग अख्तियारले एमडीएमएस प्रणाली खरिद गर्दा ठेक्का सम्झौता भएको रकम बराबर ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो मागदाबी गरेको छ । साथै एमडीएमएस प्रणाली स्थापनाका नाममा हालसम्म खर्च भएको २३ करोड २० लाख रुपैयाँ जरिवाना असुल गर्न पनि अख्तियारले माग गरेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार