SKIP THIS

S.P.A  Collage

इलेकट्रोनिक गेम कम्पिटिसनमा भाग लिन क्युआर कोड स्क्यान गरौँ 

इलेकट्रोनिक गेम कम्पिटिसनमा भाग लिन क्युआर कोड स्क्यान गरौँ 

धनगढीः सुदूरपश्चिममै पहिलो पटक इलेकट्रोनिक गेम कम्पिटिसन हुने भएको छ ! सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूका लागी समयको विकास सङै टेक्नोलोजी छेत्रमा सीप तथा ज्ञान अनिवार्य होस् भन्ने उद्देश्य तथा कम्प्युटर युगमा विद्यार्थीहरूलाई कम्प्युटर ज्ञान सम्बन्धी मनोबल उच्च बनाउनका लागि यो प्रतियोगिता आयोजना गरिएको हो !

इलेकट्रोनिक गेम कम्पिटिसन मा लुडो ,चेस र कार रेस गरी ३ वटा खेल खेलाइने छ ! हाल एसइई परीक्षा दिइरहेका विद्यार्थीहरूले यस प्रतियोगितामा सहभागी हुन पाउने छन् !

एउटा विद्यार्थीले एउटा मात्र खेलमा सहभागी हुन पाउने छ ! प्रतियोगितामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित नगद पुरस्कार सम्मान गरिने र खेल सहभागीमध्ये उत्कृष्ट ४० जनालाई निःशुल्क ब्रिज कोर्स पडाइने भएको हो !

यस खेलमा सहभागी हुन विद्यार्थी आफै संस्थाको कार्यालयमा उपस्थित भई वा संस्थाको फेसबुक पेज धनगढी ट्रेनिङ सेन्टर मा राखिएको इलेकट्रोनिक गेम कम्पिटिसन लिङ्कमा जोडिएर या सिधै त्यहाँ पेजमा राखिएको क्युआर कोडलाई स्क्यान गरेर निःशुल्क रूपमा आवेदन फाराम भर्न सक्ने छन् !

यहीँ चैत ३० गते सम्म आवेदन फाराम भर्न मिल्ने छ भने एसइई परीक्षा सकिए पश्चात् समयको सदुपयोग तथा नयाँ ज्ञान हासिल गर्नमा यस प्रतियोगिताले विद्यार्थीहरुलाइ विशेष सहयोग गर्छ भन्ने आयोजक संस्था धनगढी ट्रेनिङ सेन्टर प्रा.लि ले भरोसा गरेको छ ! थप जानकारीको लागि ०९१५२६१३३ वा ९८४८६८८६४८ मा सम्पर्क गर्न सकिनेछ !

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार