बिरालोले टोकेपछि एक महिलाको ज्यान गयो, कारण यस्तो ?

मृत्यु

धनगढीः कैलालीमा बिरालोले टोकेपछि एक महिलाको ज्यान गएको छ । जिल्लाको भजनी नगरपालिका(४, खैलाड घर भई हाल धनगढीमा बस्दै आएकी ४० वर्षीया डगौराको मृत्यु भएको हो ।

उनलाई चैत १५ गते बिरालोले टोकेको थियो । त्यसपछि उनी रेबिज विरुद्धको सुई लगाउन सेती प्रादेशिक अस्पताल, धनगढी पुगेकी थिइन्। बिरालोले टोकेपछि रेबिज विरुद्धको सुई लगाएकी कैलालीकी सीता डगौराको उपचारका क्रममा मृत्यु भएको छ। घरमै पालेको बिरालोले डगौराको खुट्टामा टोकेको थियो। उनले सोही दिन सेती अस्पतालमा रेबिज विरुद्धको सुई लगाएकी थिइन्।

दोस्रो डोज लगाउन चैत १८ गते अस्पताल पुगि सुई लगाउने बित्तिकै आफूलाई अप्ठ्यारो भएको भन्दै घरमा फोन गरेकी उनको घरबाट आफन्त अस्पताल पुग्दा भेन्टिलेटरमा राखिएको थियो ।

उपचारका क्रममा आज बिहान मृत्यु भएको भन्दै अस्पतालले खबर गरेपछी स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै आफन्तजनले विरोध जनाएका छन्।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शेरबहादुर कमरका अनुसार बिरालो, कुकुर सहित जंगली जनावरले टोकेपछि रेबिज विरुद्धको सुई लगाउनुपर्छ। रेबिज विरुद्धको सुई लगाउँदा विरलैमा यस्तो समस्या देखिने गरेको डा. कमरको भनाइ छ। तर यसमा अस्पताल वा चिकित्सकको कुनै गल्ती नभएको उनको दावी छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार