जब पत्रकाले समाचार प्रकाशन गरेर स्थलगत रिर्पोटिङका लागि पुग्दा आफ्नै बुवाको शव देखे

जब पत्रकाले समाचार प्रकाशन गरेर स्थलगत रिर्पोटिङका लागि पुग्दा आफ्नै बुवाको शव देखे

धनगढीः बैतडी पाटनको खोड्पेबाट पत्रकारिता गरिरहेका कृष्ण विष्टले हिजो (बिहीबार) राति से २ त ३६७८ नम्बरको टयाक्टर राति ११ बजेतिर पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको घटनाको आज बिहान जानकारी आएपछि समाचार तयार पारे ।

उनले आफू कार्यरत विभिन्न मिडियामा उक्त समाचार पठाए । त्यस्तै खोड्पेमै आफू कार्यरत रेडियो सेभेन स्टारमा पनि उक्त समाचार पढे । दुर्घटना राति भएकाले बिहान मात्रै जानकारीमा आएको थियो ।

उनले समाचार लेख्दासम्म दुर्घटनामा २ जनाको मृत्यु भएको भनेर प्रहरीले जानकारी दिएको थियो । मृत्यु हुनेमा ट्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र अर्का एक जना भनेर प्रहरीले जानकारी दिएको थियो ।

समाचार पढेपछि उनी थप रिपोर्टिङका लागि दुर्घटनास्थल पुगे । तर, त्यहाँ पुग्दा उनलाई गहिरो सद्मा लाग्यो । किनकी दुर्घटनाका अर्का मृतक उनकै बुवा थिए ।

उनका बुवा पाटन नगरपालिका १० पनालीका ५० वर्षीय मानबहादुर बिष्टको पनि दुर्घटनामा मृत्यु भएको भन्ने जानकारी उनले त्यहाँ पुगेर मात्रै थाहा पाएका थिए ।

उनका बुवा सुर्नया क्षेत्रमा काठको काम गर्थे । तर, राति घर फर्किरहेको भन्ने जानकारी उनले गराएका थिएनन् । सोही कारण कृष्णले दुर्घटनामा आफ्नै बुवा परेका होलान् भनेर साचेका पनि थिएनन् ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको थीयाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार