सुदूरपश्चिममै पहिलो पटक धनगढीमा अनलाइनबाट नागरिकताको फारम सिफारिस

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा अनलाइनबाट नागरिकताको फारम सिफारिस

धनगढीः कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक अनलाइनबाट नागरिकताको फारम सिफासि गर्ने व्यवस्था गरिएको छ। आज (आइतबार) धनगढी उप-महानगरपालिका–२ का दीर्घराज जोशीकी छोरी प्रसंशा जोशीको नागरिकताको सिफारिस फारम कम्प्युटर सिस्टमबाट सिफारिस गरिएको हो।

धनगढी उप-महानगरपालिकाकी नगर उप-प्रमुख कन्दकलाकुमारी राना र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले प्रसंशा जोशीको नागरिकताको सिफारिस कम्प्युटर सिस्टमबाट सिफारिस गरि उक्त फारम हस्तान्तरण गरेर यस क्षेत्रमै पहिलो पटक अनलाइनबाट सिफारिस गरिएको हो।

आजबाट यस्तो व्यवस्था सुरु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार