नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी ’शिलापत्र वर्षखेलाडी २०८०’ घोषित भएका छन् । गत असोजमा चीनको होन्झाउमा आयोजित एसियन गेम्समा दुर्लभ विश्वकीर्तिमान राखेका २४ वर्षे ऐरीलाई अनलाइन सर्भेक्षणमार्फत ‘वर्षखेलाडी’ चयन गरिएको शिलापत्रले जनाएको छ । अघिल्लो वर्ष क्रिकेटर आशिफ शेख शिलापत्र वर्षखेलाडी २०७९ घोषित भएका थिए ।

नेपाली टोलीका भरपर्दा खेलाडी ऐरीले २०८० सालमा आयोजित एसियन गेम्समा मंगोलियाविरुद्ध अब कसैले तोड्न नसक्ने कीर्तिमान राखेका छन् । उनी कञ्चनपुरको भीमदत्त नगरपालिकाका हुन् ।

मनोनयनमा परहेका १० खेलाडीमध्ये ऐरीलाई कुल ५३.२ प्रतिशतले मत हालेका शिलापत्रले जनाएको छ । ‘यस वर्ष शिलापत्र सर्वेक्षणमा उनले पाएको यो सबैभन्दा लोकप्रिय मत हो’, ऐरीलाई वर्षव्यक्ति घोषण गर्दै शिलापत्रले लेखेको छ, ‘अनलाइन सर्वेक्षणमा ७ हजार ७ सय ५२ उत्तरदाता सहभागी भएका थिए ।’

मनोनयनमा फुटबल पुरुषतर्फ अनन्त तामाङ, एथलेटिक्सतर्फ दीपक अधिकारी र सन्तोषी श्रेष्ठ, महिला क्रिकेटमा रुविना क्षेत्री, पारा तेक्वान्दोमा पलेसा गोवर्धन, गल्फमा सुवास तामाङ, भलिवल पुरुषमा मानबहादुर श्रेष्ठ र रवि केसी तथा भलिवल महिलामा सरस्वती चौधरी परेका थिए । यीमध्ये दोस्रो भएकी रुविनाले ९.८ प्रतिशत र तेस्रो भएका अनन्तले ७.८ मत प्राप्त गरेका छन् । कतिपय उत्तरदाताले फुटबलर प्रिति राईको नाम पनि सिफारिस गरेका थिए ।

शिलापत्रले वर्षव्यक्ति २०८० आगामी शुक्रबार घोषणा गर्ने जनाएको छ । यो सूचीमा सूचीमा महिला फुटबलर सावित्रा भण्डारी साम्बासहित नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरेका एसएसपीद्वय दानबहादुर कार्की र मनोजकुमार केसी, आफ्नै ४० करोड रुपैयाँ लगानी गरेर रुपन्देहीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाइरहेका उद्यमी विनोद कुँवर र आर्थिक अभावले थलिएको कृषि औजार कारखाना पुनः सञ्चालन गर्ने उद्देश्यले आफूले लेखेको किताब बेच्न देश दौडाहामा निस्केका वैज्ञानिक महावीर पुन छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार