आइतबार देशभर कहाँ-कहाँ हुनसक्छ वर्षा ?

आजकाे माैसम यस्ताे रहने, कहाँ कस्तो ?

काठमाडौं : आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै र बाँकी  पहाडी भूभागको एक-दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र  कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार