हो हो रे मायामा बिमल र करुणा – करुणाको कामले प्रशंसा बटुल्दै

नेपाली कला क्षेत्रमा लागेर आफ्नो परिचय फराकिलो बनाउने सोचकासाँथ अघि बढी रहकी झापाकि करुणा कार्की नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरिरहेकी छन् ।

काठमाडौं, १९ वैशाख ।

नेपाली कला क्षेत्रमा लागेर आफ्नो परिचय फराकिलो बनाउने सोचकासाँथ अघि बढी रहकी झापाकि करुणा कार्की
नेपाली म्युजिक भिडियोमा मोडलको रुपमा काम गरिरहेकी छन् । उनले विभिन्न म्युजिक भिडियोमा आफ्नो कार्य क्षमता प्रस्तुत गरि सकेकी छन् । यिनै मोडेल कार्कीको नयाँ म्यूजिक भिडियो “ हो हो रे माया ” सार्वजानिक भएको छ ।


मिलन नेवार र अलिफ खानको आवाज रहेको यस गीतको भिडियोमा करुणा कार्की सँगै बिमल अधिकारी पनि देखिएका छन्।
मोसम हिमालीको निर्देशन रहेको यस गीतको भिडियोमा प्रेम प्रेमिकाको माया लाई मुख्य शीर्षक बनाएको छ।
एउटा प्रेमीले आफ्नो प्रेमीकाको साथ गर्ने विभिन्न क्रियाकलापहरू लाई कलाकारिताको माध्यम बाट प्रस्तुत गरिरहेको छ।

भावना म्यूजिक सोलुसनको अफिसियल युटुव च्यानलबाट सार्वजिनक गरिएको गीतमा बिमल अधिकारीले संगीत गर्नुभएको छ । कमल सौरागले एरेन्ज गर्नुभएको गीतको शब्द रमेश परियारको रहेको छ ।

भविश्यमा ठुलो पर्दामा काम गर्ने आफ्नो योजना रहेको बताउने मोडेल कार्की म्युजिक भिडियोहरु बाट राम्रो प्रतिक्रिया पाइरहेकी छिन्।उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार जितिसकेकी छिन् भने विभिन्न र्याम्प वकमा सहभागि भइसकेकी छिन् । यसले पनि उनमा उर्जा थपिएको छ, उनको अभिनयको प्रसंशा सबैले गर्न थालको छन् ।


५ वटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी करुणा कार्कीको अभिनय झन–झन निखारिदै गएको छ । आफ्नो रुचिको कार्य गर्न पाउँदा अझै खुखी लागेको बताउँने कार्कीले नेपालको मोडलिङ क्षेत्रमा आफू लाई अब्बल साबित गरिसकेकी छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार