प्रतिनिधी सभाअन्तर्गत इलाम–२ उपनिर्वाचन : एमालेका सुहाङ विजयी

suhang nembang
प्रकाशित : :

इलाम : इलाम– प्रतिनिधी सभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्बाङ्ग विजयी भएका छन्।  निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार डम्बर बहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेम्बाङ्ग प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

अन्तिम मत परिणामअनुसार नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको छ। निकटतम् प्रतिद्वन्द्वी खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरेका छन्। 

एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्बाङ्गको निधन पछि उक्त स्थानमा उपनिर्वाचन भएको हो। सुहाङ सुभाष नेम्बाङ्गका कान्छा छोरा हुन्। २०४६ सालमा काठमाडौंमा उनको जन्म भएको हो। उनी कानूनमा स्नातक उत्तिर्ण छन्। 

सुहाङ नेम्बाङ्गलाई उपनिर्वाचनमा नेकपा एमालेले नेकपा माओबादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उम्मेद्वारका रुपमा इलाम–२ मा उम्मेद्वार बनाएको थियो। यसअघि २०७९ मा भएको आम निर्वाचनमा काँग्रेसका खड्का सुहाङका पिता सुभाष नेम्बाङ्गसँग ११४ को झिनो मतान्तरले पराजित भएका थिए। 

उपनिर्वाचनको मत परिणामअनुसार पहिचान पक्षधर स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगीमले ११ हजार ४ सय ५७ मत प्राप्त गरेका छन्। पहिचान पक्षधर केहि राजनैतिक दल र संगठन सहित ४२ घटकहरुको समर्थन रहेको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिले चौथो स्थान प्राप्त गरेको छ। घण्टी चुनाव चिन्हमा ५ हजार ५० मत प्राप्त भएको छ।

उपप्रधानमन्त्री एवम् गृहमंत्री रवि लामिछाने अध्यक्ष रहेको यो पार्टीले पत्रकार मिलन कुमार योङ्गहाङ्ग लिम्बुलाई उम्मेद्वार बनाएको थियो। गत शनिबार उपनिर्वाचन भएको थियो। १२ राजनैतिक दल सात स्वतन्त्रसहित १९ जना उम्मेद्वारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। जम्मा १ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम २ को उपनिर्वाचनमा ६९ हजार ३ सय ७४ मत खसेको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार