SKIP THIS

S.P.A  Collage

क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर [भिडियो]

क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर [भिडियो]

काठमाडौं : उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ । न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला सदर, आंशिक सदर वा उल्ट्याउदै सन्दिपलाई निर्दोष ठहर गरेको उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

“काठमाडौं जिल्ला अदालतको फैसला बदर भएको छ । सन्दीपले सफाइ पाएका छन्,” प्रवक्ता पराजुलीले भने ।

बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा सन्दीपलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानासहित थप दुई लाख क्षतिपूर्ति हुने फैसला भएको थियो ।

काठमाडौं जिल्ला अदालतले तीन पटकसम्म जन्मदर्ता झिकाएर गौशाला २६ बालिग रहेको ठहर गरेको थियो । तर, सन्दीपले गौशाला २६ को कमजोर आर्थिक अवस्थाको ‘नाजायज फाइदा’ उठाएको जिल्ला अदालतको निष्कर्ष थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप उच्च अदालत गएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार