SKIP THIS

S.P.A  Collage

कांग्रेसको घरबाट ल्याएको संसद हो यो ? : ओली

नेपालको नक्सा नोटमा समावेश गर्दा अरु देशले चिन्ता गर्नु पर्दैन : ओली

सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको आवश्यकता नभएको बताएका छन्।

नयाँ बानेश्वरमा बुधबार बसेको पार्टीको संसदीय दल बैठकमा बोल्दै अध्यक्ष ओलीले सदन रोक्नुपर्ने आवश्यकता पनि नभएको बताए।

‘पशुपतिमा केपी ओलीले सुन नचढाएर पित्तल चढायो पनि यही संसदमा भने। अनि समिति बनाउने त त्यहाँ? त्यसमा जाँचबुझ गर्ने निकाय छ गर्‍यो पनि। अनेकथरी मान्छेहरू कराए। अनि त्यस्तैमा समिति बनिहाल्छ निराधार,’ उनले भने।

उनले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अफवाह, पूर्वाग्रह, द्वेषपूर्ण र कुन्ठाग्रस्त सनक देखाएको पनि बताए।

‘यी अफवाहका पछाडि वा कांग्रेसको पूर्वाग्रहपूर्ण र द्वेषपूर्ण कुठाग्रस्त सनकका पछाडि कुनै समिति बनाइरहनु जरूरी छैन,’ सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसका मागप्रति लक्षित गर्दै ओलीले भने, ‘संसद रोक्नुपर्ने आवश्यकता पनि छैन। कांग्रेसले रोकेर अब मान्य कुरा पनि हुँदैन। कांग्रेसको घरबाट ल्याएको संसद हो यो? उसलाई जसो मन लाग्छ त्यसै गर्ने?’

उनले बिहीबारदेखि सदनमा कांग्रस बोल्ने तर अरू नबोल्ने भन्ने नहुने बताए।

‘कांग्रेसलाई नारा लगाउन आउने अरूले नजानेको जस्तो चल्दैन, भोलिबाट यति भन्छु,’ उनले भने, ‘संवाद गर्ने निकास निकाल्नेभन्दा आवेश देखाउने मुख छाड्ने गाली गर्ने तथानाम भन्ने। कसैको इज्जत छैन यस देशमा कांग्रेसबाहेक।’

ओलीले कांग्रेसका महामन्त्री गगन थापाले सदनमा दिएका अभिव्यक्तिमा पनि कटाक्ष गरेका छन्।

‘सभामुखलाई के भनेको त्यो- तपाईले दिएको निगाहाको समय चाहिँदैन। अनि सभामुखले दिएको समयमा नबोलेर घरबाटै ल्याएको समयमा बोल्ने? आफ्नो स्वेच्छाचारिता हुन्छ संसदमा? के भन्या कांग्रेसले? कांग्रेसको पनि महामन्त्री पद सम्हालेर बसेको मान्छेले के बोलेको त्यो? कि कांग्रेसको कार्यकर्ता भएन भने कुनै पद ओहोदामा भए पनि कसैलाई सम्मान गर्न नपर्ने?,’ ओलीले भने।

उनले कांग्रेसको अधिनायकवादी चरित्र प्रकट भएको पनि बताए।

‘यस अधिनायकवादी चरित्रसँग हामी लत्रिनुपर्ने कुनै कारण छैन। मिलाएर जान खोजिराखेका छौं। हामीमाथि नै औँला उठाइराखेका छन्। सम्झाइराखेका छौं। उल्टै हामीमाथि समेत…. अनि कांग्रेसले खोजेको के हो त?,’ उनले भने, ‘यो देश कांग्रेसको एकलौटी हो? अरू यहाँ जन्मिनु गल्ती हो? अरू विचार यस देशमा बस्न, फस्टाउन नपाउने, जित्न नपाउने? अरूले सरकार बनाउन नपाउने? उसले प्रधानमन्त्री बाँड्दै हिँड्दा हुने अरूले मन्त्री पनि दिन नपाउने? दिन्छन् त, कांग्रेसले सुरू गरेको हो यो सब। हामी बहस गर्न तयार भएर जान्छौं। बहस गर्न पाउनुपर्छ, हाम्रो कुरा त्यही हो। संसदमा बहस गर्न पाउनुपर्छ अरू कुरा छैन।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार