SKIP THIS

S.P.A  Collage

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै

धनगढी स्थित सेती प्रादेशिक अस्पताल
सेती प्रादेशिक अस्पताल

धनगढी : धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै सेवा विस्तारमा जोड दिँदै गएको हो ।

सङ्घीयतापछि अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको सो अस्पतालले एकपछि अर्को विभिन्न उपकरण थप्दै गएको छ । सेवा विस्तारमा जोड दिँदै आएको सेती अस्पतालले एमआरआई सेवा सुरु गरेको छ ।

सरकारी अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामीले चर्को शुल्क तिरेर निजी अस्पतालमा एमआरआई गर्नुपर्ने बाध्यता थियो । अस्पतालले एमआरआई मेसिन खरिद गरेर सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर एमआरआई गर्नुपर्ने बाध्यता हट्ने भएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार