SKIP THIS

S.P.A  Collage

मोडल मञ्जु खड्काकाे नयाँ गीत ‘आधा मुटु ’सार्वजनीक

उदीयमान मोडल मञ्जु खड्काकाे नयाँ गीत 'आधा मुटु ’सार्वजनीक भएको छ ।

उदीयमान मोडल मञ्जु खड्काकाे नयाँ गीत ‘आधा मुटु ’सार्वजनीक भएको छ । भिडियोमा खड्काले आफ्नो जीवन्त प्रतिभा प्रदर्शन गरेकी छन् । लोकप्रिय गायक सिडी विजय अधिकारीले स्वर दिएको उक्त गीतमा मञ्जु सँगै महेन्द्र बम , नेपाली ब्रो , विशेश्ता राई छन् ।

गीतको भिडियो लाई बिछोडकाे मायाको कथामा प्रस्तुत गरिएको छ । एउटा प्रेमी प्रेमिकाको माया कहाँ सम्म कस्तो अवस्थामा पुग्न सक्छ र त्यसले कस्तो रूप लिन सक्छ भन्ने चित्रण गरिएको छ । आफ्नो गतिशील उपस्थिति र कलाका लागि चिनिएकी मञ्जु ‘म हारिदिउँला, तिमी मेरो हो, राखी रहौं आँखामा ’ जस्ता लोकप्रिय गीतहरूमा अभिनय गर्दै दर्शकहरूको मन जितेकी सकेकी छिन् ।

निशान एस के भिडियोकाे निर्देशन रहेको छ भने भिडियाेकाे छायांकन नवीन गिरीले गरेका हुन् । चोभार क्षेत्र र काठमाण्डौंकाे आसपासका रमाइला स्थानहरुमा खिचिएको भिडियोमा उदीयमान मोडेलको रूपमा प्रसिद्धि हासिल गरिसकेपछि मञ्जुको सङ्गीतको क्षेत्रमा प्रवेशले उनको बहुमुखी प्रतिभा र महत्त्वाकाङ्क्षालाई जोड दिएको छ ।गीतमा रोशन विश्वकर्माको शब्द र कार्की जी को संगीत रहेको छ । गीतको एरेन्ज विशाल निरौलाले गरेका हुन् । मिक्सिङ र मास्टररिङ रंजन राईकाे छ भने गीतको रेकर्डिङ अलङ्कार स्टुडियोमा गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार