SKIP THIS

S.P.A  Collage

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माण गरिँदै

धनगढीस्थित फाप्ला क्रिकेट मैदान तथा खेल ग्राम चार वर्षदेखि अलपत्र
तस्बिर: मुकेश चौधरी

धनगढी : दशक अगाडि मैदान पहिचान भएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपीआर निर्माण गर्न लागिएको छ। नेपाल सरकारले पूर्वाधार विकास निर्माण समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढाउने निर्णय गरेपछि चालु आर्थिक वर्षभित्रै डिपीआर बनाउन लागिएको हो।

डिपीआर निर्माणका लागि टेन्डर स्वीकृत भएर काम अगाडि बढाउने तयारी भइरहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिए।यसैगरी, वातावरणीय प्रभाव मूल्याङ्कनका लागि पनि ठेक्का भइसकेको उनले बताए ।

अध्यक्ष शाहीका अनुसार चालु आर्थिक वर्षभित्रै डिपीआर निर्माणको काम सम्पन्न गरेर आगामी आर्थिक वर्षबाट रङ्गशाला निर्माणको काम अगाडि बढाउने लक्ष्य छ।

चालु आर्थिक वर्षमा फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्रामको डिपीआरमात्रै निर्माणका लागि सरकारले एक करोड बजेट समितिलाई दिएको थियो।बजेट अनुसारको काम भइरहेको भन्दै अध्यक्ष शाहीले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणका लागि स्रोत सुनिश्चितताको काम भइसकेको उल्लेख गरे।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार