धनगढीमा १३औँ बृहत् रक्तदान महोत्सव गरिँदै, पहिलो पटक रक्तदान गर्नेलाई अफरै-अफर

धनगढीमा १३औँ बृहत् रक्तदान महोत्सव गरिँदै, पहिलो पटक रक्तदान गर्नेलाई अफरै-अफर
प्रकाशित : :

धनगढी : यही साउन-२६ गते कैलालीको धनगढीमा १३ औँ बृहत् रक्तदान महोत्सवको आयोजना गरिने भएको छ । विगतका वर्षहरू झैँ बैतडी समाज कैलालीले “रक्तदान जीवनदान“ भन्ने मूल मर्मलाई लिएर रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

१३औँ बृहत् रक्तदान महोत्सवको आयोजना उत्तरबेहडी स्थित पदमा हेल्थ (नर्सिङ) कलेजको प्राङ्गणमा गर्ने तयारी गरेको र साउन महिना पनि रहेकाले सहभागीहरू लाई खिर खुवाइने व्यवस्था मिलाइएको समाजका रक्तदान कार्यक्रम संयोजक वीर बहादुर महराले बताए ।

स्थापना काल देखि बर्सेनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजले यस अघि १२ पटक रक्तदान कार्यक्रम सम्पन्न गर्दा १०७५ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरिसकेको जानकारी दिँदै संयोजक महराले उक्त रक्तदान कार्यक्रममा पनि धनगढीमा रहनु हुने सम्पूर्ण स्वयम् सेवी रक्तदाताहरूलाई रक्तदान कार्यक्रममा उपस्थित भई सदा झैँ रक्तदान गरी कार्यक्रम सफल तुल्याउन अनुरोध गरेका छन् ।

बैतडी समाज कैलालीले यस पटक धार्मिक दृष्टिकोणले विशेष महत्त्व रहेको साउन महिनालाई “रक्तदान को महिना” “Month Of Blood Donation” भन्दै “पहिलो पटक रक्तदान” “First Time Blood Donor” अर्थात् उक्त रक्तदान महोत्सवमा पहिलो पटक रक्तदान गर्नु हुने स्वयंसेवी रक्तदाताहरूलाई प्रोत्साहन र सम्झना स्वरूप रक्तदाताको प्रथम पुण्य पल लाई तस्बिरमा खिँचेर रातो पुल स्थित रेन्वो कलर ल्याबले “फोटो फ्रेम” मा राखेर उपहार स्वरूप प्रदान गर्नेछ जनाइएको छ ।

दाँत हाम्रो स्वास्थ्य र सुन्दरता का लागि चाहिने अभिन्न अङ्ग हो । त्यसैले पहिलो पटक रक्त दान गर्ने प्रत्येक रक्तदाताको परिवार सदस्यहरू सहितको दन्त परीक्षण र स्वस्थ दाँतलाई आवश्यक पर्ने परामर्श, धनगढी-४, उत्तरबेहडी स्थित समृद्धि डेन्टल ले “साउन देखि साउन सम्म” एक वर्ष भरी नि:शुल्क सेवा उपलब्ध गराउने छ।

पहिलो पटक रक्त दान गर्नेले आफू र आफ्नो एक जना साथी सहित नजिकै, रातो पुल स्थित डिलाईट क्याफेमा रमाउन, क्याफेमा उपलब्ध सबै प्रकारको खाना र नास्ताको बिलमा दश प्रतिशत छुट पाउने व्यवस्था “साउन देखि साउन सम्म” एक वर्ष भरिको लागि उपलब्ध हुनेछ।

यसै गरी, पहिलो पटक रक्तदान गर्नु हुने रक्तदाताहरूले आफू र आफ्नो परिवारका एक जनालाई स्वास्थ्य चेक-जाँच गर्न अथवा कुनै किसिमको बेसन्चो भएमा धनगढी, चटकपुर स्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा  २०८१ साउन देखि २०८२ साउन सम्म एक वर्ष भरी नै नि:शुल्क ओ.पी.डी. सेवाको सुविधा उपलब्ध गराउने छ ।

यसरी विभिन्न छुट र उपहारको व्यवस्था गर्नुको मूल उद्देश्य उक्त कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरूलाई प्रोत्साहित गरी हौसला बढाउन र नयाँ पिँडी, विशेष गरी युवा हरूमा रक्तदानको महत्त्व र आवश्यकता को बारेमा सचेतनाको विकास गरेर रक्तदान लाई सामाजिकीकरण गर्दै लैजाने रक्तदान कार्यक्रमका सह-संयोजक राज बहादुर चन्दले बताए ।

यही साउन २६ गते, शनिवारका दिन, बैतडी समाजको १३औँ रक्तदान महोत्सवको अवसरमा पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरू को जीवन दान यात्रा सयौँ पटक तय गरोस् भन्दै रक्तदान’ को सुरुवात गर्नु हुने प्रत्येक पहिलो पटक रक्तदान गर्ने हरूको जन्म दिन लाई विशेष खुसी, उमङ्ग र उल्लासमय बनाउन “अनुपम बेकरी” धनगढी ले एक वर्ष भरी “साउन देखि साउन सम्म” जन्म दिनको शुभ-अवसरमा जन्मदिनमा केक खरिद गरेमा ५०% (पचास प्रतिशत) रकम छुट उपलब्ध गराएर रक्तदाताहरू प्रतिको उच्च सम्मान व्यक्त गर्ने भएको छ ।

उक्त सुविधाहरू उपलब्धताको निमित्त पहिलो पटक रक्तदान गर्ने रक्तदाताहरू लाई समाजले छाप सहितको “रक्तदान-प्रमाणपत्र” उपलब्ध गराउनेछ । हरेक रक्तदाता आफैमा महान् र सम्मानित व्यक्तित्व हुन्छन् तथापि विभिन्न छुट र उपहारको उद्देश्य रक्तदाता प्रतिको सम्मान स्वरूप पनि हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार