बैतडी समाज कैलालीको ९ औँ रक्तदान महोत्सवमा ८१ जनाले गरे रक्तदान

बैतडी समाज कैलालीले कैलालीले आज प्रजान्तत्र दिवशको अवसरमा ९ औं बृहत रक्तदान महोत्सब गरेको छ ।

बैतडी समाज कैलालीले कैलालीले आज प्रजान्तत्र दिवशको अवसरमा ९ औं बृहत रक्तदान महोत्सब गरेको छ । गेटा आँखा अस्पताल, नवजीवन अस्पताल र समृद्धि डेन्टलको सहकार्यमा “रक्तदान गरी पुण्य कमाऔँ, स्वास्थ्य निःशुल्क जाँच गरी स्वास्थ्य लाभ गरौँ“ भन्ने मूल नाराका साथ समाजले ९ औँ रक्तदान महोत्सव गरको हो ।

बैतडी समाज कैलालीले आयोजना गर्ने उक्त रक्तदान महोत्सव ८१ जनाले रक्तदान कार्यक्रम संयोजक राज बहादुर चन्दले बताए । उनका आज(आईतवार) बिहान ९ बजे देखी सुरु भएको रक्तदान कार्यक्रममा बेलका ४ बजे सम्म ८१ जनाले रक्तदान गरेको जानकारी दिए ।

यस्तै, महोत्सवमा निःशुल्क दन्त रोगका लागी समृद्धि डेन्टलले उक्त महोत्सबमा निःशुल्क परीक्षण एवम् परामर्श गरीरहेको थियो । नवजिवन अस्पताल प्रालीले निःशुल्क स्वास्थ्य शिविर, निःशुल्क ओपिडी, सुगर निःशुल्क गरेको थियो भने सुत्केरी सेवा तथा विभिन्न जाँचहरूमा विशेष छुटको व्यवस्था गरी उपचार गरेको थियो ।

यस्तै, गेटा आँखा अस्पातलले निःशुल्क आँका शिविर गरेको संयोजक चन्दले बताए । समाजले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जना, दोस्रो पटक ८८ जना, तेस्रो पटक १ सय २२, चौथो पटक १ सय ३७, पाँचौँ पटक १ सय ७ जना, छैटौँ पटक ७७ जना, सातौँ पटक ७७ जना,आठौँ पटक ८५ र नवौं पटकमा ८१ जना गरी जम्मा ८ सय ५१ जनाले हाल सम्म रक्तदान गरिसकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार