बैतडी समाज कैलालीद्धारा आयोजित सातौँ रक्तदान कार्यक्रमबाट ७२ पिन्ट रगत संकलन

बैतडी समाज कैलालीद्धारा आयोजित सातौँ रक्तदान कार्यक्रमबाट ७२ पिन्ट रगत संकलन

धनगढी : बैतडी समाज कैलालीले धनगढीमा आयोजना गरेको सातौँ वृहत रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको छ ।

शनिबार समाजको धनगढी स्थित सचिवालय रहेको पदमा नर्सिङ्ग कलेजको प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७२ पिन्ट रगत संकलन भएको हो ।

समाजले आफ्नो नियमित कार्यक्रम अनुसार आज रक्तदान कार्यक्रम सम्पन्न गरिएको संयोजक राज बहादुर चन्दले जानकारी दिए । उनका अनुसार आज बिहानदेखि सुरु भएको रक्तदान कार्यक्रममा ७२ जना रक्तदाताहरुले रगत दान गरेका हुन ।

यस्तै कार्यक्रममका संयोजक चन्दले आजको रक्तदान कार्यक्रममा रगतदान गरेर पुण्यको काम गर्ने सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार