धनगढी उपमहानगरले छिमेकी पालिकामा समेत शव चिस्यान सेवा दिने

धनगढी उपमहानगरले छिमेकी पालिकामा समेत शव चिस्यान सेवा दिने
प्रकाशित : :

धनगढी : धनगढी उपमहानगरपालिकाले छिमेकी स्थानीय तहमा समेत शव चिस्यान सेवा दिने भएको छ। गत मंसिरबाट उपमहानगरपालिका क्षेत्रमा शव चिस्यान सेवा दिन थालिएकोमा अबदेखि धनगढीसँग सिमाना जोडिएका स्थानीय तहमा समेत शिव चिस्यान सेवा प्रदान गरिने भएको हो।

छिमेकी स्थानीय तहमा समेत सेवा प्रदान गर्न उपमहानगरले बिहिवार थप दुईवटा शव चिस्यान यन्त्र खरिद गरेको छ। दुई यन्त्र थप भएसँगै शव चिस्यान यन्त्रको सङ्ख्या पाँच पुगेको छ। धनगढी उपमहानगरपालिकासँग सिमाना जोडिएका गोदावारी नगरपालिका, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकामा बसोबास गर्ने नागरिकले समेत शव चिस्यान सेवा पाउने नगर प्रमुख गोपाल हमालले बताए। नगर प्रमुख हमालले कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकामा पनि शव चिस्यान सेवा दिने बताए। कैलाली र कञ्चनपुरका स्थानीय तहका नागरिकलेसमेत सेवा पाउने भएका हुन्।

विदेशमा छोराछोरी र आफन्त भएको अवस्थामा उनीहरू घर नपुग्दासम्म मृत शरीरलाई सुरक्षित राख्न शव चिस्यान यन्त्रको प्रयोग हुने गरेको छ। अधिकांश परिकारका कुनै न कुनै सदस्य घरबाट टाढा र विदेश भएकाले मृतक आफन्तको अन्तिम संस्कारमा सहभागी हुन समस्या हुने गरेको थियो। नगरवासीको यही समस्या समाधान गर्न गत वर्षको मंसिरबाट धनगढी उपमहानगरपालिकाले शव चिस्यान सेवा सुरु गरेको हो।

उपमहानगरपालिकाले शव चिस्यान सेवा नगर प्रहरी मार्फत दिँदै आएको छ। नगर प्रहरीले शव चिस्यानका लागि फोन आउनासाथ यन्त्र घरमै पुगाइ शवलाई राखेर आउने गरेको छ। त्यसपछि अन्तिम संस्कारका लागि लैजानु पूर्व नगर प्रहरीले शव झिकेर यन्त्र उपमहानगरपालिका ल्याउने व्यवस्था मिलाइएको छ।

नगरवासीलाई सेवा दिन विभिन्न काम गरिरहेको भए पनि छिमेकी स्थानीय तहबाट समेत सर्वसाधारणले शव चिस्यान यन्त्रको माग गर्न थालेपछि यन्त्र थपेर सेवा विस्तार गरिएको उप-प्रमुख कन्दकलाकुमारी रानाले बताइन्। उनले अन्य पालिकामा बस्ने नागरिकको समस्या बुझेर सेवा विस्तार गरिएको बताइन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार