अत्तरिया-मोहनापुल ६ लेन सडकको दुवै किनारमा राखिएका डिभाइडर हटाउन सुरु

अत्तरिया-मोहनापुल ६ लेन सडकको दुवै किनारमा राखिएका डिभाइडर हटाउन सुरु

कैलाली : दिनहुँ दुर्घटना हुन थालेपछि धनगढी उपमहानगरपालिकाले अत्तरिया-मोहनापुल ६ लेन सडकको दुवै किनारमा राखिएका डिभाइडर हटाउन सुरु गरेको छ । उपमहानगरपालिकाका मेयर गोपाल हमालले ६ लेन सडकमा दिनहुँ जसो सवारी दुर्घटना हुन थालेपछि डिभाइडर हटाउन थालेको जानकारी दिएका हुन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अशोक सिंहले गोदावरी नगरपालिकासँग समन्वय गरी बाँकी रहेका डिभाइडर समेत छिट्टै हटाइने बताए । 

धनगढी उपमहानगरपालिका र प्रदेश प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ट्राफिक चौराहादेखि राजपुरसम्म डिभाइडर हटाउने काम गरिरहेको कैलालीका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले बताए ।

फराकिलो सडकमा रातिको समयमा बढी जस्तो दुर्घटना हुने गरेको र सो बाट धेरै मानवीय तथा पशुको समेत क्षति भएको बताउँदै मेयर हमालले अहिले डिभाइडर हटाउने र सडक बत्ति जडान गर्ने कार्य भइरहेको बताए । यसबाट दुर्घटनामा कमी आउने समेत उनकाे भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

50%

खुसी

0%

दुःखी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार