अवैध भाईब्रेट कण्डम सहित धनगढीमा युवक पक्राउ

अवैध भाईब्रेट कण्डम सहित धनगढीमा युवक पक्राउ

धनगढी : सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा झण्डै साढे ६ लाख बराबरकाे अवैध कण्डमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए ।

उनकाअनुसार चन्द सुत्ने काेठामा लुकाइछिपाइ राखेकाे अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको थियो ।

बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको छ ।

चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेकाे प्रहरीकाे भनाइ छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार