गाउँघरमै निःशुल्क आँखा उपचारः कृष्णपुरबासी भन्छन्, ‘खुबै निको लाग्यो’

गाउँघरमै निःशुल्क आँखा उपचारः कृष्णपुरबासी भन्छन्, 'खुबै निको लाग्यो'
प्रकाशित : :

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटमा सोमबार निःशुल्क आँखा शिविर लागेको थियो । आधारभूत स्वास्थ्य केन्द्र राजघाटमा चलेको निःशुल्क आँखा शिविरमा आँखा जाँच गर्न राजघाटकै ८७ वर्षीय गणेश प्रसाद ओझा पुगेका थिए ।

एउटा आँखाको शल्यक्रिया गरिसकेका ओझा नजर कम भएपछि अर्को आँखाको चेकजाँचका लागी शिविरमा पुगेका थिए । आँखाको सामान्य जाँचपछि उनलाई शल्यक्रियाका लागी धनगढी नेत्रालय जान चिकित्सकले सुझाव दिए ।

आँखाको सामान्य चेकजाँच गर्दा शल्यक्रिया गर्नुपर्ने देखिएको छ सके भोली नै नेत्रालय जान उनलाई चिकित्सकले भनेका थिए । नेपाल सरकारका सेवा निवृत्त कर्मचारी समेत रहेका ओझा आँखा सम्बन्धी चेकजाँचमा पैसा नलाएपछि दगं थिए ।

यो त धेरै राम्रो रहेछ हजुर, डेउडाका समेत पारखी रहेका ओझाले भने, “यो त खुबै निको लाग्यो हजुर, यो त जत्तिको धनबिर्या थियो, उत्तिको नन्यानुई, यो खुबै ठिक लाग्यो, साल साल यसै भइजाओ, यसै राखे मयाजाल सवास सवास, यसै भएपछि राम्रो हो, आँखाको अक्षर हेर्न लगायो, अनि भित्रपचि चेक गरिदिनुभयो, यहाँ पैसा लिएन, अब अप्रेसन गर्न धनगढी नेत्रालय आउनु भन्या छ, उता पनि रुप्पे नलिने भन्या छ, झन् अस्पताल पुग्दा सम्मको गाडी भाडा नि दिने भन्या छ, यो त धेरै राम्रो भयो ।”

राजघाटमै घर भएका गणेश ओझाका भाइ धर्म देव ओझाले पनि गाउँमा लागेको निःशुल्क शिविरमा आँखा जाँच गराए । कृष्णपुर नगरपालिकाले गाउँ टोलमै निःशुल्क शिविर राख्दा आँखा जाँच गर्न सजियो हुनुका साथै समस्या समेत पहिचान भएको उनले बताए ।

नगरपालिकाको यो कार्य प्रशंसा योग्य रहेको भन्दै आँखा मात्रै नभएर हरेक किसिमका स्वास्थ्य शिविर आयोजना हुनुपर्नेमा उनको जोड छ । राजघाटकै टुकलाल चौधरीले निःशुल्क जनताको आँखा चेकजाँच र शल्यक्रिया कृष्णपुरमै पहिलो भएको बताए । नगरपालिकाले गत बर्षपनि शिविर आयोजना गरेको थियो उनले भने “यो वर्ष त एउटै वडाका दुई ठाउँमापनि शिविर राखेको छ, हामी जस्ता आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई यो भन्दा ठुलो सेवा केही होइन ।”

स्थानीय गणेश सिंहले यो शिविरबाट धेरै नगरवासी लाभान्वित हुने बताए । अस्पतालसम्मको पहुँच नभएकै कारण आँखा सम्बन्धी रोग लुकाएर राख्नुपर्ने अवस्थाको समेत यो शिविरले अन्त्य गर्ने उनको भनाई छ । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई मध्यनजर गर्दै कृष्णपुर नगरपालिकाले ९ वडाका १५ स्थानमा आँखा शिविर राख्दै छ ।

९ वटै वडाका नागरिकलाई आँखा सम्बन्धी निःशुल्क उपचार सेवा दिने उद्देश्य सहित कृष्णपुर नगरपालिकाले सोमबार देखी आँखा शिविर सुरु गरेको हो । कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाटबाट सो सेवा सुरु गरेको नगरपालिकाले ९ वटै वडाका १५ स्थानमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आए सगैं निःशुल्क स्वास्थ्य चेकजाँच र निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । सोही बमोजिम गत वर्ष ५ हजार बढीले नगरपालिकाबाट निःशुल्क आँखा सम्बन्धी सेवा लिएको मेयर हेमराज ओझाले बताए । सहर देखी केही टाढा र आर्थिक स्थिति कमजोर भएका नागरिकहरूलाई लक्षित गर्दै सुरु गरिएको आँखा शिविरले सामान्य चेकजाँच तथा चस्मा वितरण गर्ने काम गाउँ टोलमै गर्ने छ मेयर ओझाले भने “बढी पावर भएको चस्मा लगाउनुपर्ने अथवा आँखाको शल्यक्रिया गर्नुपर्ने भए हामीले धनगढी स्थित धनगढी नेत्रालय पठाउने छौँ उता निःशुल्क शल्यक्रिया गर्नुका साथै नेत्र लयसम्म पुग्न लागेको गाडी भाडा समेत हामीले बेहोर्ने छौँ ।”

कृष्णपुर नगरपालिकाले वडा नम्बर ९ बाट सुरु गरेको निःशुल्क आँखा शिविर असोज ७ गते वडा नम्बर १ को कुम गडा पुगेर समापन हुने छ । जसबाट हजारौँ नागरिक लाभान्वित हुने अपेक्षा लिइएको छ ।

गत स्थानीय तह निर्वाचन २०७९ बाट कृष्णपुर नगरपालिकाको प्रमुखमा विजयी भएका हेमराज ओझाले आमा बचाउ अभियान, घर-घरमै स्वास्थ्य चेकजाँच, शिक्षा सुधार कार्यक्रम, कृषि पकेट क्षेत्र लगायतका थुप्रै कार्यक्रम सञ्चालन गरेका छन् । यी कार्यक्रमबाट नगरवासी प्रत्यक्ष रूपमा लाभान्वित बनेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार