कृष्णपुरमा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन, यस्तो छ तयारी ?

कृष्णपुरमा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन, यस्तो छ तयारी ?

कैलाली : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको छ । आइतबार कोरिया सरकारद्वारा सञ्चालित कोइका नेपालका प्रतिनिधि,विज्ञ टिम र सिटीइभिटी नेपाल सहितको टोलीले कृष्णपुर नगरपालिका दुई स्थानमा स्थलगत अनुगमन गरेको छ ।

टोलीले वडा न.७ र वडा न.५ गरी दुई स्थानमा स्थलगत अनुगमन गरेको हो । अनुगमन पश्चात् सो टोलीले प्राविधिक कलेज सञ्चलनका लागि कृष्णपुर नगरपालिका उपयुक्त स्थान रहेको भन्दै प्रारम्भिक रिपोर्ट कोरियन सरकारलाई बुझाएर विस्तृत अध्ययनका लागि टोलीले छिट्टै कृष्णपुर नगरपालिकाको भ्रमण गर्ने कोइका नेपालका कन्ट्री डाइरेक्टर विकास रावलले जानकारी दिए ।

उनले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई लक्षित गर्दै कृष्णपुर नगरपालिकामा प्राविधिक क्याम्पस सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न कोइका नेपालको टिम कृष्णपुर आएको बताए ।

कोइका नेपालको टोलीमा कन्ट्री डाइरेक्टर विकास रावल,इन्जिनियर,प्राध्यापक लगायतको उपस्थित थियो । सुदूरपश्चिम प्रदेशमा प्राविधिक विषय अध्ययन गर्ने क्याम्पसको कमी रहेको भन्दै कोइका नेपालले यो प्रोजेक्ट कृष्णपुरमा लागु गरे यसलाई देशकै नमुना प्राविधिक कलेजको रूपमा अगाडी बढाउने लक्ष्य रहेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताए ।

नगरप्रमुख ओझाले आफूले स्थानीयहरूसँग पनि छलफल गरिरहेको भन्दै प्रोजेक्टका लागि आवश्यक पर्ने जमिन उपलब्ध गराउन नगरपालिका तत्पर रहेको र नगरवासीहरू पनि अत्यन्तै उत्साहित रहेको बताएका छन् ।

उनले प्राविधिक कलेज स्थापना भए अटोमोटिभ्स मेकाट्रोनिक सँगै अन्य प्राविधिक विषय तर्फका अल्पकालीन र दीर्घकालीन कार्यक्रम हरू पनि लागु गर्न सकिने बताएका छन् ।

स्थलगत अनुगमनमा सिटीइभिटी नेपालका निर्देशक अनुज भट्टराई,उपनिर्देशक सुशील श्रेष्ठ,र सिटीइभिटीका सुदूरपश्चिम प्रमुख कल्प बस्नेतको उपस्थिति रहेको थियो ।

नगरपालिकाको तर्फबाट स्थलगत अनुगमनमा नगरप्रमुख हेमराज ओझा,उपप्रमुख द्रोपति राना,विभिन्न वडाका वडा अध्यक्षहरु,इन्जिनियर परराष्ट्र मन्त्री एनपी साउँदका सचिवालय सदस्य राम प्रसाद भट्ट लगायतको उपस्थिति रहेको थियो ।

यो प्रोजेक्ट पूर्णतया कोरियन सरकारको लगानीमा बन्नेछ । झन्डै एक अर्ब ३० करोड लगानीमा बन्ने प्राविधिक क्याम्पस निर्माण पश्चात् सञ्चालनका लागि नेपाल सरकारको पूर्ण स्वामित्व रहेको सिटीईभिटीलाई हस्तान्तरण गरिने कोइका नेपालका कन्ट्री डाइरेक्टर विकास रावलले बताए । हाल यस्तै प्रकृतिका दुई प्रोजेक्ट महोत्तरीको बर्दिबास र रुपन्देहीको बुटवलमा सञ्चालनमा रहेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार