SKIP THIS

S.P.A  Collage

कृष्णपुर नगरपालिका २ मा २०५७ सालदेखि बाटो विहीन बस्तीमा ट्र्याक खोलियो

कृष्णपुर नगरपालिका २ मा २०५७ सालदेखि बाटो विहीन बस्तीमा ट्र्याक खोलियो

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा २०५७ सालदेखि बाटो विहीन बस्तीमा ट्र्याक खोलिएको छ । जिल्लाको कृष्णपुर नगरपालिका २ स्थित गड बिजुला खल्ला टोलका स्थानीय बासीलाई त्यस क्षेत्रमा बाटो नहुँदा आवतजावतमा समस्या देखिएकोले पूर्व पश्चिम राजमार्गबाट ५०० मिटर दक्षिण कृष्ण कलौनीको घरदेखि (शिशु विकास केन्द्र जाने बाटो सम्मको ट्र्याक नगरपालिकाको जेसिबी प्रयोग गरी खोलिएको हो

लामो समयदेखि सो टोलमा बस्दै आएको भए पनि बाटोको समस्याका कारण आफूहरूलाई आवतजावतमा धेरै समस्या भइरहेकोले नगरपालिकाले अग्रसरता लिएर ट्र्याक खोलिएको प्रति स्थानीयवासी अत्यन्तै खुसी भएका छन् ।

आइतबार सो ट्र्याक खोलिएको स्थानमा अवलोकन गर्नुहुँदै नगरप्रमुख हेमराज ओझाले नगरवासीको आवश्यकतालाई मध्यनजर गर्दै आफू सदैव काम गर्ने बताए ।

गड बिजुला खल्ला टोलमा बाटोको ट्र्याक खोल्न अग्रसरता देखाउनु हुने र सहयोग गर्नुहुने सम्पूर्ण स्थानीय बासीमा नगरप्रमुख ओझाले धन्यवाद समेत व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार