कृष्णपुर नगरपालिकामा ‘World vision’ नेपाल र ‘NNSWA’ को वार्षिक अढाई करोड लगानी

कृष्णपुर नगरपालिकामा 'World vision' नेपाल र 'NNSWA' को वार्षिक अढाई करोड लगानी

कृष्णपुर नगरपालिकासँग साझेदारको रूपमा कार्यरत ‘World vision’ नेपाल र ‘NNSWA’ नामक संस्थाले नगरपालिकामा वार्षिक अढाइ करोड बढी लगानी गर्दै आएका छन् । नगरपालिकाको शैक्षिक अवस्थालाइ सुधार गर्नर्न विभिन्न शैक्षिक कार्यक्रम अन्तर्गत उनीहरूले सो रकम खर्च गर्दै आएका हुन ।

बुधबार कृष्णपुर नगरपालिकाको सभाकक्षमा आयोजित एक औपचारिक कार्यक्रमका बिच दुवै संस्थाले आफ्नो वर्षभरीको कार्यक्रमको सुक्ष्म तरीकाले समिक्षा गरेको हो । लामो समयदेखि कृष्णपुरमा कार्यरत ‘world vision’ सँग सन २०२३ देखि ‘NNSWA’ ले साझेदारी गरेर लक्ष्य प्राप्तिका लागि आफुहरु अझ बलियो भएको ‘World vision’ का प्रतिनिधि सुरज शर्माले बताए ।

उनले सन १९५० को दशकमा स्थापित संस्था ‘world vision’ ले समाजमा विभिन्न कोणबाट पछाडि परेका वर्गका विद्यार्थीहरुलाई उनीहरूको शैक्षिक गुणस्तर वृद्धिमा भुमिका खेल्दै आएको बताए । त्यस्तै सन १९९० को दशकदेखि कंचनपुर मुख्य कार्यालय रहने गरि संचालित ‘NNSWA’ का तर्फबाट रामेश्वर जैरुले समुदायलाई कुनै न कुनै कोणबाट सहयोग गर्ने हाम्रो उद्देश्य हो ‘world vision’ जस्तो लोकप्रिय संस्थासँग साझेदारको रूपमा काम गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए ।

‘World vision’ नेपाल र ‘NNSWA’ ले कृष्णपुर नगरपालिकामा शैक्षिक क्षेत्रका विभिन्न कार्यक्रम अन्तर्गत बाल संरक्षण,समुदाय संलग्नतामुखी स्पोन्सरसीप कार्यक्रम अन्तर्गत १ करोड सात लाख,चार हजार नौ सय उनन्चालिस र समावेशी गुणस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत १ करोड पचास लाख,छैसठ्ठी हजार एक सय सत्तरी गरि कुल वार्षिक अढाई करोड खर्च गर्दै आएका छन ।
वार्षिक समिक्षा कार्यक्रममा चालू आर्थिक वर्षको गतिविधि र आगामी आर्थिक वर्षमा कसरी जाने भन्ने विषयमा सुझाव संकलन गरिएको थियो ।

‘World vision’ नेपाल र ‘NNSWA’ कृष्णपुरका वडा न १,२,४,७ र ९ मा गरि ५ ओटा वडामा संचालित छ । ‘NNSWA’ प्रतिनिधि टेक बहादुर बुढाको सभापतित्वम सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा कृष्णपुर नगरपालिकाका नगर उपप्रमुख द्रोपती राना, अतिथिमा वडा न.१ का अध्यक्ष मोहन बस्नेत, वडा न ७ का अध्यक्ष घुम्मन राना, नगरपालिकाका विभिन्न शाखाका शाखा प्रमुख,विभिन्न विद्यालयका प्रअ,नगर बाल संजालका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार