कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाट जग्गा नाप नक्सा गर्ने कार्यको थालनी

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ भएको छ ।

मंगलबार नगरपालिकाको वडा न २ को अठन्नीफाँटाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ भएको हो ।

जग्गा नाप नक्सा सुरु कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिका बासीलाई जग्गाधनी पुर्जा प्राप्त गर्नु हुने सबैलाई बधाई दिँदै खुसी व्यक्त गरेका छन् । भने जग्गाधनी पुर्जा छिटोभन्दा छिटो दिलाउन आफू रात साँझ नभनी काम गर्न तयार रहेको बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार