बैतडीको पुर्चौडी नगरपालिकामा सञ्चालन भएको नगरपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ। नगरपालिकाको वडा नम्बर १ त्रिवेणी धाम कमल विशाल पार्क मा माघ २ गते देखी सञ्चालन भएको प्रतियोगिता आइतबार (आज) सम्पन्न भएको हो ।
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छनोटको लागी सञ्चालन भएको प्रतियोगितामा नगरपालिका भित्रका १९ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको शिक्षा तथा खेलकुद साखा प्रमुख शुरेन्द्र प्रशाद जोशीले जानकारी दिए ।

प्रतियोगितामा १२ स्वर्ण ४ रजत र ५ कास्य गरि कुल २१ पदक सहित डिलेश्वरि नमुना माध्यमिक विद्यालय हाट प्रथम भएको उहाँले बताए ।त्यस्तै ७ स्वर्ण ७ रजत र ४ कास्य गरि कुल १८ पदक सहित महादेव मा वि शिवावो द्धितिय हुँदा २ स्वर्ण४ रजत र ४ कास्य गरि कुल १० पदक सहित भूमिराज माध्यमिक विद्यालय कफलढुङ्ग्रा तृतीय भएको उहाँले जानकारी दिनुभयो ।
पुर्चौडि नगरपालिका नगर खेलकुद विकास समितीका अध्यक्ष अमिर वडको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम समापन समारोहमा नगरपालिका प्रमुख दिपक ब. बम को प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा निमित्त प्रमुख प्रशाशकिय अधिकृत,नगर प्रवक्ता, बिभिन्न वडाका वडा अध्यक्ष,विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी लगायत स्थानीयहरुको सहभागीता रहेको कार्यक्रमका सञ्चालक तथा निमुन मा वि खिमापुरका शिक्षक करन प्रशाद भट्टले जानकारी दिए ।
