अखिल क्रान्तिकारीको केन्द्रीय सचिव पदमा प्रकाश जैशीको दावी

अखिल क्रान्तिकारीको केन्द्रीय सचिव पदमा प्रकाश जैशीको दावी
प्रकाशित : :

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ। लामो समयदेखिको रस्साकस्सीपछि नेतृत्व चयनको तयारी अन्तिम चरणमा पुगेको हो।

निर्वाचनमा अधिकांश विद्यार्थी नेताहरूले विभिन्न पदमा दाबेदारी प्रस्तुत गरेका छन्। यसै क्रममा, अखिल क्रान्तिकारीका सक्रिय नेता प्रकाश जैशी खुला केन्द्रीय सचिव पदका लागि जबरजस्त रूपमा मैदानमा उत्रिएका छन्।

एक दशकदेखि विद्यार्थी संगठनमा निरन्तर सक्रिय रहँदै आएका जैशीले विद्यार्थी आन्दोलन र संगठनलाई थप सशक्त बनाउन केन्द्रीय नेतृत्वमा आउन चाहेको बताएका छन्। उनले संगठनको प्रगतिका लागि महत्वपूर्ण योगदान दिन आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट