एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद् मुख्य प्रवर्द्धक

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते हुने, प्रदेश खेलकुद परिषद मुख्य प्रबद्र्धक
प्रकाशित : :

धनगढी : सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते आयोजना हुने भएको छ । छैठौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ आगामी चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।

‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई आगामी देशको नाम अन्तर्राष्ट्रिय स्तरमा चिनाउन उत्प्रेरण प्रदान गर्दै आएको छ ।,’ उनले भने, ‘ छैटौं संस्करणलाई थप स्तरीय बनाउनका लागि अहिलेदेखि नै तयारी थालेका छौं । यसपाली खुल्ला मैदानमा अवार्डलाई आयोजनाको तयारी थालेका छौं ।’

छैठौं संस्करणको ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ मार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफटाईम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेशल अवार्ड र लाईफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी प्रदान गरिनेछ ।

  • मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्

‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदुरपश्चिम प्रदेश खेलकुद परिषदले साथ दिएको छ । अवार्ड कार्यक्रमलाई हरेक बर्ष प्रबद्र्धन गर्दै आएको सुदुरपश्चिम प्रदेश खेलकुद परिषदले यसपाली पनि मुख्य प्रबद्र्धक भएर साथ दिएको हो । मुख्य प्रबद्र्धन सम्बन्धी सम्झौता पत्रमा सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दिपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरेका छन् ।  

अवार्डका लागि मुख्य प्रायोजक सहित अन्य सहप्रायोजकहरुको खोजी सुरु गरिएको आयोजकले जनाएको छ । सदस्य सचिव सिंहले सरकारी स्तरबाट हुनुपर्ने कार्यक्रम खेलकुद पत्रकार मञ्चले गरेर खेलाडी र प्रशिक्षकको मनोवल बढाउने काम गरेको बताए ।

‘पाँच वर्षदेखि आयोजना भइरहेको अवार्डले खेलाडी र प्रशिक्षकको मनोवल बढाएको छ ।,’ सिंहले भने, ‘अवार्डमा जोडिन पाउँदा हामी पनि खुसी छौं । हामीसँग कार्यक्रम गर्नका लागि आवश्यक सबै बजेट नभएका कारण सहकार्य गरेर कार्यक्रममा हातेमालो गरेका हौं ।’

विगतका वर्षहरु देखी नै एसपीए कलेज टाइटल स्पनसरका रुपमा रहँदै आएको छ भने यस वर्ष पनि दिने अघिल्लो कार्यक्रममै उद्घोष गरेको थियो ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट