एनएसएल ३ को ट्रफी धनगढी रंगशाला र धनगढी एफसी यूथ एकेडेमीमा प्रदर्शनी गरिने

नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को ट्रफी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका विभिन्न स्थानमा प्रदर्शनी गरिन लागेको छ ।
प्रकाशित : :

धनगढी । नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को ट्रफी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका विभिन्न स्थानमा प्रदर्शनी गरिन लागेको छ । एनएसएल ट्रफी टुर अन्तर्गत फागुन २७ गते उक्त ट्रफी धनगढी ल्याइएको थियो ।

धनगढी एफ.सी का अनुसार फुटबल प्रेमीहरू माझ एनएसएल ट्रफीको प्रदर्शनी गर्न धनगढी रंगशाला (कबड हल) मा आज ५ बजे र धनगढी एफ.सी यूथ एकेडेमी जुगेडामा ६ बजे ट्रफी राखिनेछ। यी स्थानहरूमा स्थानीय फुटबल प्रेमीहरू ट्रफी अवलोकन गर्न सक्नेछन्।

यश अघि हिजो आज ट्रफी शिवपुरी धाम, धनगढी चौराहा र छलेन सडकमा प्रदर्शन गरिएको थियो भने आज एसपिए कलेज, ब्राईटवे पब्लिक स्कुल र एनसेल सेन्टरमा प्रदर्शन गरिएको थियो ।

ट्रफी टुरलाई सफल बनाउन कैलाली जिल्ला फुटबल संघ, एस.पी.ए कलेज, धनगढी एफ.सी यूथ एकेडेमी र धनगढी एफ.सी को मातृ संस्था गो ड्रिमर्सले सहकार्य गर्नेछन्। धनगढी रंगशालामा आयोजना हुने कार्यक्रममा कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले सम्बोधन गर्नेछन् ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट