प्रदेशको शैक्षिक गुणस्तर सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा

प्रदेशको शैक्षिक गुणस्तर सुधारसम्बन्धी अन्तरक्रिया कार्यक्रम महेन्द्रनगरमा
प्रकाशित : :


कञ्चनपुर : सुदूरपश्चिम प्रदेशको समग्र शैक्षिक गुणस्तर सुधारका सन्दर्भमा कञ्चनपुरको महेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । दुई दिने उक्त कार्यक्रम वैशाख ५ र ६ गते सञ्चालन हुने छ। कार्यक्रममा सुदूरपश्चिम प्रदेशका ८८ वटै पालिकाबाट एक/एक जना विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) का अध्यक्षहरू, प्रदेशस्तरीय वि.व्य.स. समितिका पदाधिकारीहरू तथा वि.व्य.स. महासंघ नेपालका केन्द्रीय पदाधिकारीहरूको सहभागिता रहेको छ।

कार्यक्रमको उद्घाटन वि.व्य.स. महासंघ नेपालका केन्द्रीय अध्यक्ष गुणराज मुक्तानले गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा विकास निर्देशनालय, दिपायल डोटीको आयोजनामा सम्पन्न यस अन्तरक्रिया कार्यक्रममा सुदूरपश्चिम प्रदेश विद्यालय व्यवस्थापन समितिको सहकार्य रहेको छ।

पहिलो दिनको सत्रमा अध्यक्ष मुक्तानले विद्यालय व्यवस्थापन समितिको भूमिका, कर्तव्य र अधिकारबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी शिक्षा विकास निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले नेपालको शिक्षा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या, चुनौती र सबल पक्षहरूबारे आफ्नो प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा सहभागी भएका प्रदेशका नौवटै जिल्लाबाट आएका वि.व्य.स. अध्यक्षहरूले आफूहरू कार्यरत पालिकामा सामना गर्नुपरेका समस्याहरू, गुणस्तरीय शिक्षा प्रवाहमा समितिको भूमिका, शिक्षकहरूसँग सहकार्य गर्दा देखिने व्यवहारिक कठिनाइहरू लगायत विषयमा आफ्ना विचार प्रस्तुत गरेका थिए।

कार्यक्रमको अध्यक्षता निर्देशक दुर्गादत्त बिष्टले गर्नुभएको थियो। यस प्रदेशस्तरीय भेलाबाट सुदूरपश्चिम प्रदेश विद्यालय व्यवस्थापन समितिको पुनःगठन गरिने जानकारी प्रदेश अध्यक्ष प्रेम सिंह भाटले दिनुभएको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

50%

खुसी

50%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट