काठमाडौं : विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस आज बिहान नेपाल आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका खेल हेर्नका लागि नेपाल आएका हुन् ।
कार्लोसले मंगलबार बिहान ८ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । आजै उनले धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।
साथै उनी आजै साँझ ठमेलस्थित एलओडी क्लबमा सहभागी हुने छन् । यसअघि शुक्रबार नेपाल आउने तालिका रहे पनि स्वास्थ्य अवस्थाका कारण उनको भ्रमण स्थगित भएको थियो ।