मञ्जुश्री फाइनान्सको सह प्रायोजनमा ‘गन्तव्य कप’ हुँदै, फर्स्ट हुनेलाई ५१ हजार पुरस्कार

प्रकाशित : :

धनगढी : धनगढीमा ‘गन्तव्य कप’ आयोजना हुने भएको छ । गन्तव्य क्याफेको आयोजनामा ‘गन्तव्य कप फुटसल टुर्नामेन्ट २०८२’ आयोजना हुने भएको हो । टुर्नामेन्टको सह प्रयोजक मञ्जुश्री फाइनान्स लिमिटेड रहेको छ । टुर्नामेन्ट जेष्ठ १६ र १७ गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा हुनेछ ।

व्यस्त दैनिकीमा स्वस्थ पनि रहनुपर्छ भन्ने सन्देश दिनुका साथै विभिन्न ठाउँमा रहेकाहरुबीच मित्रवत् सम्बन्ध स्थापित गर्ने उद्धेश्यले फुटसल टुर्नामेन्टको आयोजना गरिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार टुर्नामेन्टमा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमलाई पुरस्कारस्वरुप ३१ हजार रुपैयाँ प्रदान गरिने छ । टुर्नामेन्ट अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्नेहरुलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । जसअन्तर्गत बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट स्कोररलाई पुरस्कारस्वरुप २५ सय रुपैयाँ प्रदान गरिनेछ ।

टुर्नामेन्टमा देशभरका जुनसुकै स्थानबाट पनि सहभागी हुन सकिने आयोजकले जनाएको छ । तर, टुर्नामेन्टमा सहभागी हुने खेलाडीको उमेर ३० वर्षमाथिको हुनुपर्नेछ भने इन्ट्री शुल्क ५ हजार ५ सय तोकिएको छ । टुर्नामेन्टमा सहभागी हुन सन्दिप कुँवर (९८१५६६१५८४), गोबिन बोहोरा (९८५८४२५३७३) लाई सम्पर्क गर्न सकिनेछ ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट