धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले लोकबहादुर खड्कालाई प्रदेश खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त गरेको छ। हकी र फुटबलका पूर्वखेलाडीसमेत रहेका कांग्रेस समर्थक खड्कालाई चार वर्षको कार्यकालसहित एघारौँ तहको सेवा–सुविधा प्राप्त हुनेछ।
प्रदेशको खेल विकासमा नेतृत्व गर्ने परिषद् सामाजिक विकास मन्त्रालयअन्तर्गत कार्यरत छ।
कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको गठबन्धन सरकार रहेको प्रदेशमा भागबण्डाका आधारमा खड्कालाई महत्त्वपूर्ण मानिएको पदमा नियुक्त गरिएको हो। अन्य निकायहरूमा पनि चाँडै भागबण्डा अनुसार नियुक्ति हुने तयारी गरिएको छ।