माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई ‘वाटर चिलर’ हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा महाकाली प्रादेशिक अस्पताललाई 'वाटर चिलर' हस्तान्तरण
प्रकाशित : :

धनगढी: माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था महाकाली प्रादेशिक अस्पताललाई ‘वाटर चिलर’ हस्तान्तरण गरेको छ।

गर्मी याममा उपचारका लागि अस्पताल आउने बिरामी, कुरुवा र अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गर्दै स्वच्छ तथा चिसो पिउने पानीको सहज पहुँच उपलब्ध गराउन बैंकले यो सहयोग गरेको हो।

शुक्रबार एक औपचारिक कार्यक्रमबीच माछापुच्छ्रे बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मनिष उपाध्याय र स्वास्थ्य तालिम केन्द्र धनगढी कैलालीका महाप्रबन्धक नरेन्द्र सिंह कार्कीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टलाई संयुक्त रूपमा वाटर चिलर हस्तान्तरण गरेका हुन्।

महाकाली अस्पतालमा दैनिक सयौं सेवाग्राहीको आवागमन हुने भए पनि स्वच्छ पिउने पानीको व्यवस्थाको अभावले समस्या भैरहेको जानकारीपछि बैंकले सो उपकरण सहयोग गरेको हो।

उक्त सहयोगबाट अस्पतालमा सेवा लिन आउने सर्वसाधारणलाई प्रत्यक्ष रूपमा लाभ पुग्ने विश्वास बैंकले लिएको छ।

माछापुच्छ्रे बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता, विपद् राहत तथा समावेशी आर्थिक पहुँचका क्षेत्रमा निरन्तर योगदान दिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट