१० औं ‘ग्लोबल मनी विक’ २०२२ अन्तर्गत धनगढीमा माछापुच्छे बैंकको वित्तिय साक्षरता कार्यक्रम

१० औं 'ग्लोबल मनी विक' २०२२ अन्तर्गत धनगढीमा माछापुच्छे बैंकको वित्तिय साक्षरता कार्यक्रम

धनगढी : माछापुच्छे बैंकले धनगढीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । Build your future, be smart about money भन्ने मुल नारा रहेको १० औं ग्लोबल मनी विक २०२२ अन्तर्गत धनगढीमा वित्तिय साक्षरता ¥याली निकालिएको हो ।

धनगढीको चौराह चोकदेखि क्याम्पसरोडसम्म वित्तिय साक्षरता दिनका लागि ¥याली निकालिएको माछापुच्छे बैंकका प्रदेश प्रमुख ईश्वरवहादुर रावलले जानकारी दिए । ¥यालीमा बैंकका धनगढी र धनगढी आसपासका शाखा प्रबन्धक तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । ¥यालीमा वित्तिय साक्षरता सम्बन्धी सन्देश दिने प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।

किशोरकिशोरी तथा युवायुवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु साथै सुरक्षित बैकिङ्घ कारोकार गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो । माछापुच्छे बैंक लिमिटेडले समय–समयमा बित्तिय सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।

Global Money Week (GMW) हरेक मुलुकका किशोर किशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वका बारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रूपमा मनाइने एक साप्ताहिक अभियान हो । यो सप्ताह Organization for Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष धेरै मुलुकमा मनाउँदै आइएको छ ।

यही अभिप्राय बमोजिम कार्यक्रमले पैसा वा व्यक्तिगत आय आर्जनको पहिचान गर्नुका साथै पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सचेत रही सुरक्षित आर्थिक भविष्य प्रति सबैलाई बित्तिय जानकर गरी बित्तिय पहुच अभिबृद्धि तथा बैंकिङ्घ क्षेत्र सबलिकरण गरी सर्बाङगिण बिकास मा योगदान दिनु थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार