धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा वाइफाई फ्री, क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने

धनगढीको हाटबजारमा अब क्यूआर कोड स्क्यान गरी तरकारी किन्न सकिने

धनगढीः धनगढीको त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ। गदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त स्थानमा माछापुच्छ्रे बैंकले क्यूआर कोडको सुरुवात गरेको हो।

नेपाल राष्ट्र बैंकको समन्वयमा बैंकले त्रिनगर कृषि हाटबजारमा विद्युतीय भुक्तानीको सुरुवात गरेको जनाएको छ। मंगलबार उक्त सेवाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक शुवास घिमिरेले गरेका छन्।

उनले विद्युतीय कारोबार सुरक्षित हुनुका साथै यसको प्रयोगमा आएको व्यापकतालाई मध्यनजर गर्दै राष्ट्र बैंक यस्ता कार्यलाई प्रोत्साहन गरिरहेको बताए। यस्तै माछापुच्छ्रे बैंकले हाटबजारमा निःशुल्क वाइफाईको समेत व्यवस्था गरेको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार