एसपिए कैलाली प्राइड लिगः पुर्नवास ‘बी’ ६ रनले विजयी, चौथो संस्करणको उपाधि हात पार्यो

एसपिए कैलाली प्राइड लिगः पुर्नवास ‘बी’ ६ रनले विजयी, चौथो संस्करणको उपाधि हात पार्यो
प्रकाशित : :

धनगढी: सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) को आयोजनामा धनगढीमा सम्पन्न ’एसपिए कैलाली प्राइड लिग’ क्रिकेट प्रतियोगिताको चौथो संस्करणको उपाधि कञ्चनपुरको पुर्नवास नगरपालिका ’बी’ ले जितेको छ।

बिहीबार फाप्ला क्रिकेट मैदानमा भएको निकै रोमाञ्चक र कम स्कोरको फाइनल भिडन्तमा बाजुराको बुढीगंगा नगरपालिकालाई ६ रनले पराजित गर्दै पुर्नवासले उपाधि उचालेको हो।

एसपिए कैलाली प्राइड लिगः पुर्नवास ‘बी’ ६ रनले विजयी, चौथो संस्करणको उपाधि हात पार्यो

टस जितेर पहिले ब्याटिङ रोजेको पुर्नवास नगरपालिका ’बी’ ले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सबै विकेट गुमाएर ७९ रनको योगफल तयार पारेको थियो। पुर्नवासका लागि पुछारका ब्याटर हेमन्त धामीले सर्वाधिक १९ रन (१४ बल, २ चौका र १ छक्का) प्रहार गरे। यस्तै, नरेन भट्टले १५ रन र अशोक धामीले १४ रनको योगदान दिए।

बुढीगंगाका तर्फबाट घातक बलिङ गर्दै सौर्य श्रेष्ठले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, नगराज सिंह र सुवास ऐरले समान २–२ विकेट झारेका थिए। ८० रनको सामान्य लक्ष्य पछ्याएको बुढीगंगा नगरपालिकाले राम्रो सुरुवात गर्न सकेन। नियमित अन्तरालमा विकेट गुमाएको बुढीगंगा १७.१ ओभरमा ७३ रनमै अलआउट हुन पुग्यो। बुढीगंगाका लागि दिपक रोकायाले आक्रामक ब्याटिङ गर्दै १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २४ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन्। कप्तान रोशन अधिकारीले ३३ बलमा १२ रन जोडे।

बुढीगंगालाई सस्तैमा समेट्न पुर्नवासका शेर मल्लले उत्कृष्ट बलिङ गरे। उनले ४ ओभरमा २ मेडन राख्दै मात्र १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। यस्तै, नरेन भट्ट र सचिन भट्टले समान २–२ विकेट लिएर पुर्नवासको जित निश्चित गरे। प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गरियो। फाइनल खेलको प्लेयर अफ द म्याच पुर्नवास नगरपालिकाबा शेर मल्ल भएका छन्। उनले ३ विकेट लिए।

यस्तै प्रतियोगितामा पुन्रवासकै प्लेयर अफ द टुर्नामेन्ट सिरिज सचिन भट्ट भए। उत्कृष्ट ब्याटर घोडाघोडीका टेक रावत भए। यस्तै उत्कृष्ट बलर धनगढी उपमहानगरपालिकाका सन्नी बिक भए। इमर्जिङ प्लेयर बुढीगंगा नगरपालिकाका मदन शाह भए। यो जितसँगै पुर्नवास नगरपालिका ’बी’ ले उपाधिसहित नगद तीन लाख पुरस्कार प्राप्त गरेको छ।

सेयर गर्नुभयो ? प्रकाशित कन्टेन्ट बारे तपाईँको आफ्नो धारणा व्यक्त गर्नुहोस् ।

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित कन्टेन्ट